बिग्रदो अर्थतन्त्रमा दोषी को ?

राजनीति समाचार

काठमाडौं । अर्थतन्त्र उकास्न सरकार लागेन भने नेपाल असफल राष्ट्रका रुपमा दर्ज हुन्छ । संघीयता नै घाँडो भएको कारण अब व्यवस्था यही पद्दति उही गाउँ फर्क राष्ट्रिय अभियानतर्फ नलागि सुख छैन । राजनीति दलका नेता, राजस्व छल्ने व्यापारी, अपराधी भगाउने प्रहरी, योजना ओगट्ने र काम नगर्ने भारत नै नेपालको विकराल अवस्थाको कारक हुन् । संसदमा जनताको समस्याले स्थान पाउँदैन । माफियाको चिन्ता नीति तथा कार्यक्रम निर्मातामा रहेको छ ।

शिक्षक राजनीति गर्ने, विद्यार्थी गुण्डागर्दी गर्नै, सोझालाई जेलमा सडाउने, मान्छे मार्न रिगलको कैद मिनाहा हुने चलन कसले ल्यायो ? भ्रष्टाचारी खोज्नु परे कर्मचारी नै छन् । झुटा समाचार लेख्ने पार्टी पत्रकारिता छ । अपराधी भगाउने प्रहरी छ । दलाली गर्ने नेता छन् । कमिशन लिने सरकारी कार्यालय छन् । तस्कर जोगाउने न्यायालय छँदैछ । जनताका लागि बोलिदिने कोही छैन भन्ने बालेन साह सडकका गरिखाने वर्ग माथि नगर प्रहरीलाई गुण्डागर्दीमा परिणत गरेकै छ ।

कांग्रेस र एमाले वर्तमान अर्थतन्त्रका दोषी हुन् । यी दुई पार्टी बिचको संयुक्त भ्रष्टले देशकै नागरिक नक्कली भुटानी शरणार्थी पनि बनाएकै छ । सिंहदरबारको अधिकार वडा वडामा पु¥याउँदा वडा सदस्यसम्मको भत्ताका नाममा दिलाइने तलबले पनि देश टाट परेको हो । स्थानीय तहका मात्र होइन प्रदेशको सांसद संख्या घटनाएर अवस्था फेरिनु जरुरी छ । यो देश ठूला बडा र हुने खानेको लागि स्वर्ण भूमि हो । ६८ प्रतिशत जनताको लागि सबैतिर छेकबार लगाइएको कारण गणतन्त्र माफियाकरणमा पुगेको अवस्था छ ।
(तामाकोशीन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *