सशस्त्रमा तस्करी लाइन खुल्यो

राजनीति समाचार

सिरहा । प्रदेशका आठ जिल्ला सीमासँग जोडिँदा तस्करी बढ्नु नौलो भएनन् । सिरहामा यो धन्दा पहिलेदेखि नै चल्दै आएको थियो । सशस्त्रले जिल्ला कमाण्डसहित १८ जनाको जिम्मेवारी हेरफेर गरेको छ । सिरहाको नेतृत्वमा रहँदा १३ जना तस्करसँग मासिक लिएर तस्करी खुलाएका एसपी माधव पौडेल चर्चामा थिए ।

तिनै माधव अहिले बाग्मती प्रदेश सशस्त्र प्रहरीको दोस्रो पर्सन छन् । एसएसपीमा बढुवा भएपछि उनी बाग्मती प्रदेश डीआर्यजी कार्यालयमा थिए । कमाई हुने प्रदेश भनेको सशस्त्रको लागि कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेश हुन् । कोशीको झापा, मोरङ, सुनसरी, मधेसको बारा, पर्सा, रौतहट, धनुषा, सिरहा चर्चित हुन् । लुम्बिनीको कपिलवस्तु, रुपन्देही, नवलपरासी सुस्ता बर्दघाट चर्चित छन् ।

तस्करी नियन्त्रणमा जिरो टोलरेन्स नीति लागू भएको दाबी गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको दाबीलाई फिल्डमा खट्नेले हिस्स बनाइदिएका छन् । सशस्त्रले २८ जनाको कार्यक्षेत्र खोसेको छ । सिरहाको गोल बजारमा तस्करी सामानको गोदामबाट राजस्वले ३ करोडको सम्मान पक्राउ ग¥यो । तर नेपाल प्रहरीले भने जिल्ला प्रमुख र भन्सारमा खटेका प्रहरी फेरबदल गरेको छैन । मासिक हजार दिने पोके व्यापारीलाई छाड्ने, जसले दिँदैन त्यसको सामान पक्रने गर्दछ ।

सीमा मात्र होइन सशस्त्रले ६÷६ महिनामा सरुवा गर्ने नीति बनायो । तर ३ हजारको सामान छ, घुस माग्छ के गर्ने भन्दै एक महिलाले तामाकोशीसँग गुनासो गरिन । गुजारा चलाउन व्यापार गर्दासमेत सशस्त्रले घुस माग्यो भनिन्छ । भन्सारमा प्रतिपोका ५० रुपैयाँ घुस लिने गरेको बताइएको छ । आलु, प्याज पक्रने र समाचारमा देखाउने, छोकडा, काजु, मरिच, जिरा, नरिवलजस्ता नगदजन्य वस्तु छाडेर पैसा खाने सशस्त्रको चलन हालका एआईजीपी चन्द्रप्रकाश गौतमले बसालेका थिए ।

गौतम अहिले प्रशासनमा छन् । आईजीपी राजु अर्याल, डिआईजी गणेश ठाडाले प्रदेशको कमाण्ड गरेर फर्केका हुन् । मधेश प्रदेश मात्र होइन, कोशी र लुम्बिनीमा पनि यो लहर चलिरहेको छ । तिहारको लागि पटका, भुईचम्पाजस्ता विस्फोटजन्य वस्तु तस्करी हुने गरेकै छ । प्रहरी र सशस्त्रको मिलेमतोमा सीमाको तस्करी बढेको छ । त्यसको नमूना सिरहाको गोलबजारसँग जोडिएको नाका हो, जहाँ खुलमखुल्ला तस्करी भएको देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *