प्रसाई र विश्व हिन्दु महासंघले आन्दोलन छेड्ने

राजनीति समाचार

काठमाडौं । विगत केही महिना अगाडिदेखि सामाजिक सञ्जालमा राजनीतिक दलका नेताहरुलाई तथानाम गाली गर्दै आएका दुर्गा प्रसाईले आन्दोलन भएका छन् । नेपालका राजनीतिक दलहरुले पनि देश र जनताप्रति बफादारीताको काम नगरेपछि सर्वसाधारण जनताहरु विस्तारै–विस्तारै दुर्गा प्रसाईतिर ध्यान दिन थालेका छन् । राजनीतिक दलकै कारण अधिकाशं स्वतन्त्रहरु हावी भएका छन् । स्वतन्त्रको नाममा राजनीति गर्नेहरुले देश र जनताप्रति इमान्दारिता देखाएका पनि छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा ग्रुप छ । अर्काे बालेन साहको ग्रुप छ । त्यस्तै ग्रुप थपिदैं छ दुर्गा प्रसाईको ।

यी तीन खेमाले गर्दा राजनीतिक दलका नेताहरु पनि नाङ्गिदैं गएका छन् । राजनीतिक दलहरुको भविष्य भोलिका दिनमा समाप्त हुने देखिन्छ । सामाजिक सञ्जालमा भाइरल भएका दुर्गा प्रसाईले आगामी मंसिर ७ गते आन्दोलनको लागि जनता भेला पार्दैछन् । अधिकांश सर्वसधारण जनताले पनि भन्न थालेका छन्, दुर्गा प्रसाईलाई साथ दिनुपर्छ । उनीहरु भन्छन्, प्रसाईले नेताहरुको विरुद्धमा त बोल्छन् । नेताहरुले गरेका विकृति र विसंगतिको बारेमा दुर्गा प्रसाई र ज्ञानेन्द्र शाहीले मात्रै सार्वजनिक गर्र्ने गरेका छन् । हुनत अन्य व्यक्तिहरुले नेताहरुको विरोध गर्न सकेका छैनन् । राजनीतिक दलहरुकै कारणले गर्दा यो अवस्थामा आइपुगेको हो ।

अर्काेतिर विश्व हिन्दु महासंघले पनि फागुन ७ गतेबाट देशभर आन्दोलन गर्ने बताइरहेको छ । त्यो आन्दोलन नेपालको हिन्दु धर्म, आर्थिक र राजनीतिक दलको विरुद्धमा हुने जनाइएको छ । नेपालको आर्थिक अवस्था दिनप्रतिदिन ओरालो लाग्दै गएको छ । आर्थिक मन्दि कम गर्नलाई सरकारले हर प्रयास गरेको भने तापनि वास्तविक रुपमा अर्थतन्त्रलाई चलायमान बनाउन सकेको छैन ।

नेपालमा निर्यात भन्दा आयात बढि भएको छ । त्यसले पनि आर्थिक घाटा बढ्दै गएको छ । राजनीतिक दलहरुको विरुद्धमा दुर्गा प्रसाई र विश्व हिन्दु महासंघले आन्दोलन छेड्ने भएका छन् । त्यो आन्दोलनले कस्तो रुप लिन्छ यकिन छैन । राजनीतिक दलका नेताहरु एकआपसमा गालीगलौज गर्दैमा व्यस्त छन् । देशको विकास र अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भनेर प्रयास पनि गरेको पाइँदैन । सरकारका मन्त्रीहरु काम भन्दा पनि विदेश भ्रमणमा रमाउने र कमाउने धन्दामा व्यस्त छन् । गठबन्धन सरकारले गर्नुपर्ने काम गरेको भनिरहँदा सबैतिरबाट सरकारको विरोध हुदैं आएको छ । दलहरुप्रति जनताले यस्तै धारणा रहने हो भने आगामी २०८४ को निर्वाचनमा पुराना भनिएका दलहरु विस्थापित हुने देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *