नेपालमा समृद्धिको चर्चा गर्न थालेको धेरै भैसक्यो । अझ पछिल्लो दशक त सरकारी तथा गैरसरकारी हरेक संस्था, संरचनाको परिकल्पना र नारामा समृद्धि भन्ने शव्दावली परेकै देखिन्छ । वनका सन्दर्भमा कुरा गर्दा समृद्धिको लागि वन भन्ने सोच नैं अगाडी सारियो । यस्ता शव्दावली सहितको सोच सवै तिर वनाइयो । तर काममा ध्यान पुगेन ।
सोच वनाइयो तर सोच कागजमा मात्र सिमित भए । समृद्धिको विषय नारा मात्र भए । व्यवहारमा प्रयोग नगरेको गित जस्तो भयो, समृद्धिको नारा । यस विषयमा थप चर्चा गर्नु अघि एक कथा हेरौं । एकादेशमा एक चरा शिकारी रहेछ । जङ्गल जाने, जाल फाल्ने, चारा हाल्ने, चरा पार्ने अनी बजारमा बेच्ने गर्दोरहेछ । दयालु बाबाजङ्गलमा डुल्दै रहेछन् । शिकारीको त्यो क्रियाकलाप हेरिरहे । जाल भित्र चराहरुको दशा देखेर चिन्ता लागेछ अनी भनेछन् ‘बावु यी चराहरुलाई छाडीदेउ ।’ शिकारीले ‘मैले के खानु ?’ भन्यो ।‘वेच्दा कति पैसा आउँछ?’सोधे । मागेजती पैसा दिए । चराहरु जालमुक्त भए । सजिलै धेरै पैसा पाएकोमा दङ्गपर्दैशिकारी घर तिर लाग्यो ।
बाबालाई चिन्ता लाग्यो । अहिले पो मैले चराहरुलाई छोडाएँ । म सधैं यहाँ हुन्न । यीनिहरुलाई ज्ञान दिनु प¥यो भन्ने सोचेर, सवै चराहरुलाई भेला पारे । उनले¬‘शिकारी आउँनेछ, जाल फाल्ने छ, चारा हाल्ने छ, तैपनि हामी फस्दैनौं फस्दैनौं’ भनी सिकाए । चराहरुले कण्ठै पारे । जाँच लिए ।सवै चरा पास भए । बाबा ढुक्क भए ।आफ्नो बाटो लागे । चराहरु पनि सिकाए जसरी नैं कराउँदै वन पसे ।
शिकारीलाइ केही दिन पछि फेरी पैसाको खाँचो प¥यो । उ जाल बोकेर वन गयो । चराहरु वन भरी ‘शिकारी आउने छ, जाल फाल्ने छ, चारा हाल्ने छ, तैपनि हामी फस्दैनौं फस्दैनौं’ भन्दै कराइरहेको सुनियो । शिकारी छक्क प¥यो ।जोगीले बर्बाद पारेछ भन्दै पुर्परोमा हात लगाएर डिलमा बस्यो । मेरो सिप काम लाग्ने भएन । अब फर्कनु प¥यो ।अर्कै काम गरी ज्यान पाल्नु पर्ने भयो भन्दै हिड्नै लागेको थियो । तैपनि एक पटक कोशिस गरौंन भन्ने लागेछ । जाल फाल्यो, दाना पनि अलिकती हालि टोपल्यो । उस्लाई पिटिक्कै विश्वास थिएन, चरा आउँछन् भनेर । केही मिनेटमा नैं चराहरु गित गाउँदै जालमा भएको दाना खान आए । पहिलाको भन्दा झन् धेरै पो आए ।
रमाउँदैजाललाई पोको पा¥यो । बजार तिर लाग्यो ।जाल भित्रबाट नैंचराहरु एक स्वरमा ¬‘शिकारी आउने छ, जाल फाल्ने छ, चारा हाल्ने छ, तैपनि हामी फस्दैनौं फस्दैनौं’ गित गाइरहेका थिए । मासु पसलमा लग्यो । वेच्यो । चराहरुले गित गाउन छाडेका छैनन् । पसलेले चरा काट्न अचानोमा राख्यो तै पनि त्यो चरो ¬‘शिकारी आउने छ, जाल फाल्ने छ, चारा हाल्ने छ, तैपनि हामी फस्दैनौं फस्दैनौं’ भन्न छाडेको थिएन ।
हामी नेपाली र नेपालको हालत चराको जस्तै छ ।समृद्धिको गित गाउन छाड्दैनौं । उत्पादन केन्द्रीत हुनु पर्दछ ।
परनिर्भर वढ्यो । खेतीपाती गरौं । यती उती अर्बको खाद्यन्न भारतबाट आयो । व्यापार घाटा भयो ।रेमिट्यान्सबाट मात्र मुलुक चल्दैन । यूवा विदेश गए । रोक्ने कार्यक्रम ल्याउनु प¥यो । मुलुक भित्र उद्योग खोलौं । यो गित खाएको धेरै भयो । तर खैं त ? त्यो अनुसारको काम हुन र गर्न सकेको छैन । विपत्को चिन्ता लिन्छौं तर सडकको नाममा डोजर लगाई वारी कान्ला भत्काएको देखिन्छ । उद्योगका कुरा गर्दछौं । प्रायः हरेक पालिकामा वनाएका औद्योगिक ग्रामका संरचना खण्डहर भैसके ।
उत्पादनमा जोड दिने समृद्धि ल्याउने भनी चराको झै गित गाउँछौं । फेरी पनि टावर बनाउन छाड्दैनौं । ठुला ठुलामहललाई वजेट विनियोजन गर्दछौं ।ऋण लिएर २ वटा अन्तराष्ट्रिय विमानस्थल बनायौं तर ती विमानस्थलमा हप्ताको एक उडान भर्न पनि मुस्कील छ । भैरहवा अन्तराष्ट्रिय विमान स्थल आसपासका व्यबसायीहरुले विमानस्थल नचालए आन्तरिक उडान पनि ठप्प पार्ने चेतावनी दिएका छन् । ऋण काढेर गरेको त्यो लगानी खेर गयो भन्दा फरक पर्दैन । अझ निजगढमा विमानस्थल बनाउने भन्दैछौं ।उत्पादन वढाउने र रोजगार सिर्जना गर्ने गित गाउँछौं काममा प्राथमिकता पटक्कै छैन ।
सरकारले कृषि विमाको अवधारणा ल्याएको विमा शुल्कमा ८० प्रतिशत सरकारले व्यहोर्ने भनिएको छ । जिम्मेवारी लिएका विमा कम्पनीहरु बाली विमा गर्नै मान्दैनन् । त्यसै गरी पशु विमामा पनि मनलाग्दो गरिरहेका छन् । केही महिना अघिसम्म भैंसीको मूल्य जतीसुकै होस् रु १ लाख मात्र मूल्यांकन गरेर सो बराबरको मात्र विमा गर्दिन्थ्यें । लम्पी स्कीन रोगको महामारी पछि त ५० हजारको मूल्य राखी बल्लतल्ल विमा हुन्छ । तैपनि तिनै तहका सरकारहरु कृषिमा प्राथमिकता भन्ने गित गाउन छाड्दैनन् । तर तिनिहरुको बजेटमा पावरवाला चस्मा लगाउँदा पनि भेटिन्न ।
हाम्रा व्यवसायहरु व्यापारमुखी छ । उत्पादनमुखी छैनन् । खाडीमूलकको तेल बेच्ने नाफा कमाउने अनी चाइनाको सामान वेच्ने काम गर्दैछौं । तैपनि हामी समृद्धिको नारा लगाउन छाड्दैनौं । उत्पादनलाई प्रोत्साहन छैन । आयातमुखी अर्थतन्त्र छ । रेमिट्यान्सको विकल्प छैन । दैनिक २ हजार विदेश गैरहेकाछन् । तैपनि चराको जस्तै समृद्धिको गफ गर्न छाडेका छैनौं ।
कथामा भनेझैं गितमा राम्रो सन्देश तर व्यवहार त्यो पटक्कै नभए जस्तै छ, हाम्रो गतिमति । चराले गित गाउन जान्यो तर त्यसको मर्म वुझेन । अनुशरण गर्न सकेन । त्यस्तै छ हाम्रो हालत । उत्पादन वढाउने भन्देछौं । उत्पादनमूलक कामहरु केही गर्दैनौं । नुन देखि सुनसम्म त वाहिरबाट ल्याउनु पर्ने नैं थियो । लसुन देखि जनैंसम्म पनि विदेशबाट ल्याउने गर्दछौं ।
नेपालमा उत्पादन वढाउन र रोजगारी सिर्जना गर्न सकेनौं भने समृद्धि भनेको हावादारी गफ मात्रै हुनेछ । अचानोमा राखेको चरा झैं अर्थतन्त्र चौपट भई अचानोमा हामी परिसक्यौं तैपनि सुन्दा मिठालाग्ने हावादारी गफकागित गाइरहेका छौं । कुराले च्यूरा भिज्दैन भनेजस्तै गफले मात्र समृद्धि आउँदैन । केही उत्पादनमुखी उद्यम गर्न चाहाँदा प्रशासनिक झन्झट असाध्यै धेरै हुन्छ । तैपनि समृद्धिका गफ गर्न हामी छाड्दैनौं ।
समृद्धिकालागि सोच चाहिन्छ । साथमा कार्यान्वयन गर्ने योजना आवश्यक पर्दछ । अनी इमान्दारीताका साथ कार्यान्वयन गरिनु पर्दछ । उत्पादनमुखी सोच, योजना, कार्यान्वयनले मात्र समृद्धि ल्याउन सक्छ । गफले मात्र हुँदैन । हामीले चाहाने हो भने १० वर्ष नयाँ गाडी खरिद रोक्न सक्छौं । त्यती मात्र होइन अधिकांश नेपालीसँग भएका अहिलेका लुगाफाटाले एक दशक धान्न सक्छ । नेपाली उत्पादन वाहेक लुगा आयात प्रतिवन्ध लगाउन सकिन्छ । उत्पादनमूलक काममा सवै तिरबाट लागौं । विना कामका हावादारी गफ गर्न छाडौं । गफ भनेको सपना पनि हो त्यसैले गफसँगै काम पनि गरौं । समृद्धिको गित पनि गाउँ काम पनि गरौं । धन्यवाद ।