काठमाडौं । पार्टीमा अन्यायविरुद्ध लड्नुपर्छ । तर अन्यायको प्रतिरोध गर्दा भविष्य हेर्नुपर्छ । निष्ठा र त्याग हराएको ५ पटक प्रधानमन्त्री बनेर इतिहास रचेपनि देशको हितमा सिन्को नभाँचेका समूहसँगको शेखर विद्रोह पनि त्याग र बलिदानमा आधारित थिएन । त्यहाँ इष्र्या द्वेष र घमण्ड थियो । भागवण्डा नपाएकोमा कुण्ठा थियो ।
पार्टी महाधिवेशनमा जसले जित्यो उसको नीति र कार्यक्रम लागू हुनु व्यवहारिक पक्ष हो । गिरिजा प्रम बन्दाका बेला ४२ जना कोइरालाहरुले राज्यका प्रत्येक तह र तप्का कब्जा गरेको कुरा डा.शेखरले यो बेला बिर्सेर अहिले कोशीमा राजनीतिक अस्थिरतालाई मलजल गरेका छन् ।
कोशी प्रदेशको शेखर विद्रोहले कांग्रेस नांगै भयो । त्यहाँ पहिलो चरण माओवादीलाई मुख्यमन्त्री बनाएको भए मध्यावधि टर्ने कुरा प्रधानमन्त्री प्रचण्डको केन्द्रीय सम्बन्धले काम गथ्र्याे । प्रचण्डले आफ्नो तर राजनीतिक सन्तुलन मिलाउन एमाले र कांग्रेसले पाएका ४÷४ समितिका सभापति त्याग्न सकेनन् । संसदका १२ समिति मध्ये माओवादीले दुई समिति पायो, त्यो पनि एक राप्रपालाई दिएको थियो ।
तर डा.शेखरले आफ्नो पहुँच देखाए । केदार कार्की विद्रोही बनेर मुख्यमन्त्री भए ।
सरकारले पूर्णता पाएको छैन । एमालेका रामबहादुर रानालाई बिना विभागीय मन्त्री बनाइएको थियो । तर शनिबार उनले राजीनामा दिए । शुक्रबार माओवादीबाट गणेश उप्रेती समाजबादीबाट कमल जगेवलाई मन्त्री बनाएपछि ५ सदस्यीय मन्त्री मण्डल बनेको छ । एमाले कांग्रेसको संयुक्त सरकारको पक्ष्ँमा थियो । सबैको विश्वासको मत लिएका कार्कीको सबै दल मिलाउने कदम एमालेले विरोध गरेको हो ।
कोशी खेलमा सक्रिय डा.मिनेन्द्र रिजाल पनि अब असफल भएका भए । एमालेले समर्थन र्फिा लिने भनेको छैन । एमालेले फिर्ता लिए मध्यावधिमै जाने बाटो खुला हुनेछ । अब डा.शेखरको समूहप्रति माओवादी सकारात्मक भएन भने शेखर गुट नांगै हुने देखिन्छ । (तामाकोशीसन्देशबाट)