ठूला तीन दललाई चुनौति दिँदै प्रसाईं सडमा

राजनीति समाचार

राजनीतिक दलकै कारण गणतन्त्र संकटतिर
काठमाडौं । नेपालमा राजनीतिक दलहरु मध्येमा ठूला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुन् । यी तीन दलमध्येमा अन्य दलहरु भनेको सानातिनामा गनिन्छन् । सबैभन्दा ठूलो दलमा नेपाली कांग्रेस गनिन्छ । नेपाली कांग्रेसले भातृ, मातृ, विद्यार्थी तथा विभिन्न शुभेक्छुक संघ, संगठनहरु गठन गरेको छ । कांग्रेसका यी संघसंगठनहरु चलायमान पनि छन् ।

त्योसँगै कांग्रेसको संगठनले स्वास्थ्य, सहकारी, कर्मचारी, शिक्षा, एनजीओ, आइएनजीओका क्षेत्र ओगटेको छ । त्यसकारणले पनि नेपाली कांग्रेस दलहरुमा पहिलो पार्टी गनिएको हो । ठूलो दल हुँदाहुँदै पनि कांग्रेस आफ्नै आन्तरिक विवादका कारण विभाजित हुँदा कहिले काहीं दोस्रो पोजिसनमा पुग्ने गरेको छ । कुनै निर्वाचनमा दोस्रो पोजिसनमा दर्ज हुनु अन्य दलको कारणले नभई चुनावका बेला नेताको घमण्डका कारण गुटउपगुटबीचको घातअन्तर्घातले दोस्रो पोजिसनमा पुग्ने गरेको हो ।

उता नेकपा एमाले दोस्रो ठूलो पार्टी बन्नुमा उसको पनि भातृ, मातृ तथा विभिन्न संघ, संगठनहरु छन् । त्योसँगै कर्मचारीहरुको पनि संगठन बलियो भएको कारण एमालेले कांग्रेस हाराहारी सिटमा जित हासिल गरेर दोस्रो पोजिसनमा रहने गरेको छ । एमाले पार्टीका कार्यकर्ता सबै पेशा व्यवसायमा आबद्ध भएका छन् । एमालेले पनि सहकारी, शिक्षा, स्वास्थ्य, एनजिओ, आईएजिओ र हाड्रोपावसरमा लगानी गरेर कार्यकर्ताहरुले पार्टी जोगाइराखेका छन् । त्यसैले सबैलाई एकढिक्का बनाएर पार्टी बलियो बनाउन सहयोग पुगेको छ ।

तर, केही नेता र कार्यकर्ताको घमण्डको कारण कहिलेकाहीं विभाजित हुँदा थोरै मात्रामा कार्यकर्ता वरपर लाग्ने गरेका छन् । तर, प्रायःजसो कार्यकर्ता पार्टीमा एकढिक्का जस्तै देखिन्छन् । एमालेभित्र संगठन बलियो देखिए तापनि निर्वाचन ताका नेतैपिच्छे गुट, उपगुटको कारण अन्तर्घात हुँदा एकल बहुमत ल्याउन सकेको छैन । अर्को तेस्रो ठूलो दल भनेको माओवादी केन्द्र हो । माओवादी केन्द्रमा भने कांग्रेस र एमालेजस्तो सबै तहतप्कामा संगठन बलियो छैन । माओवादी चलेको भनेको खाली मुडे बलमा मात्रै हो । पहिलाको जस्तो संगठन माओवादीभित्र अहिले पनि छैन । माओवादी पार्टीभित्र वास्तविक कार्यकर्ताभन्दा खाओवादीको बाहुल्यता बढेको छ । संगठन बलियो नभए पनि माओवादीले उद्योग धन्दामा लगानी धेरै गरेको छ ।

उक्त पैसाको आडमा निर्वाचनमा तेस्रो दलसम्म बन्न सफल भएको हो । अन्य सानातिना दलहरुले ठूला दलहरुसँग बैशाखी नटेकी चुनाव जित्ने र सत्तामा जाने छाँट देखिँदैन । ठूला भनिएका दलहरुले त एकअर्कोसँग सहकार्य नगरी चुनावमा जान आँट गर्न छाडेका छन् साना दलको हालत कस्तो होला ? अहिले बजारमा जे÷जस्ता नामका स्वतन्त्र पार्टीहरु जन्मिए तापनि ठूला भनिएका राजनीतिक दलहरुको लागि हानिकारक मात्रै हुन् । यो अवस्था हुनुमा ठूला दलका नेताहरुको अकर्मण्यताका कारण नै हो ।

हुँदाहुँदा अहिले राजावादीको नाममा मेडिकल व्यवसायी दूर्गा प्रसाईंले ठूला दलका नेताहरुलाई चुनौति दिँदै आन्दोलन नै छेड्ने भएका छन् । प्रसाईंको आन्दोलनले कस्तो रुप लिने हो त्यो पनि हात्ती आयो आत्ती आयो फुस्सा भनेजस्तै त हुने होइन भन्ने आमजनताको धारणा रहेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *