केसीले डुबाए नर्सिङ शिक्षा ?

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । मेडिकल शिक्षा सुधारक डा.गोविन्द केसीको आन्दोलनले नेपालको नर्सिङ शिक्षा तहसनहस भएको छ । केसीको आन्दोलनले देशभरका १७५ भन्दा बढी कलेज बन्द भएका छन् । नेपालको नर्सिङ शिक्षा महंगो छ । केसीले सिटीईभिटी अन्तर्गतका कलेज बन्द गर्दा नर्सिङ शिक्षा पढ्न चाहना भएका युवतीहरुको सहारा भारत नै बनेको छ । डा.केसीले नेपालमा आन्दोलन गर्नासाथ भारतले सीमा क्षेत्रमा ८५ वटा नर्सिङ कलेज खोलेको छ ।

नेपालका कलेज बन्द भएका छन् । केसीले मापदण्डको विषय उठाए । तर कलेज बन्द हुने गरी सरकारसँग अत्तो थापेका छन् । मेडिकल शिक्षा सुधारक बन्न खोज्दा नेपालका विद्यार्थीले डाक्टर र नर्स पढ्न भारत जानुपर्ने बाध्यता भएको छ ।

नेपाल मेडिकल एसोसिएसन देशको परिस्थिति र आवश्यकता बुझ्दैन । पेशागत संस्थाले आवश्यकता बुझ्थे भने मेडिकल शिक्षामा राजनीति हुने थिएन । सरकारी खर्चमा सातै प्रदेशमा मेडिकल कलेज चाहिन्छ भन्ने केसी कर्णाली मेडिकल कलेज, गेटा मेडिकल कलेज कञ्चनपुरका अवधारणाकर्ता होइनन् । ती ठाउँमा मेडिकल कलेजको अवधारणा पहिले नै स्थापित भएका थिए ।

केसीले मनपरी रुपमा पैसा लिने प्रक्रिया बन्द गराए । उपत्यका केन्द्रित मेडिकल कलेज नयाँ खुल्न दिएनन् । सम्बन्धनको पर्खाइमा रहेका डा.सुनिल शर्माको नोबल कलेज मोरङ, दुर्गा प्रसाईंको बिएण्डसी झापा, राजेनद्र पाण्डेको मनोमहन मेडिकल कलेजहरुलाई सम्बन्धन रोक्ने काम पनि केसीको आन्दोलनले ग¥यो । नेपालको नर्सिङ शिक्षामा पनि डा.केसीकाो आन्दोलन बाधक भयो ।

अहिले नेपालका कलेज बन्द भए । भारतले सीमा क्षेत्रमा पूर्वमेची देखि महाकालीसम्म नर्सिङ कलेज खोलेको छ । नेपालको पैसा शिक्षा र स्वास्थ्यका लागि विदेश जाने वातावरण बनाउने केसीजस्ता विद्वानलाई कसरी सुधारक भन्ने ? (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *