भौतिकमन्त्री ज्वाला दिनप्रतिदिन बद्नाम हुँदै

राजनीति समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकोतर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका प्रकाश ज्वालालाई विकास निर्माणको कामभन्दा पनि कसरी हुन्छ पार्टीलाई सहयोग गर्ने नाममा कमाउधन्दामा लिप्त भएको आरोप लाग्न थालेको छ । मन्त्री ज्वालाले निर्माण तथा यातायातको क्षेत्रमा जेजति काम गर्नुपर्ने हो त्यो गर्न सकेका छैनन् । देशमा एकातिर बजेटको अभाव छ भने अर्कोतिर मन्त्रीको गैरजिम्मेवारपनका कारण विकास निर्माणका कामहरु लथालिङ्ग अवस्थामा गुज्रिरहेका छन् ।

अहिले अधिकांश भौतिक पूर्वाधार तथा निर्माणका आयोजना, योजनाहरुले बजेट अभावको कारण ठेक्कसमेत लगाउन सकेका छैनन् । बजेट अभावकै कारण अधिकांश सडक डिभिजन कार्यालयहरुले पनि ठेक्कापट्टाको सूचना जारी गर्न सकेका छैनन् । बजेटकै कारण यो वर्ष पनि अधिकांश विकास निर्माणका कामहरु अलपत्र पर्ने देखिन्छ । खाली वमन्त्रालयदेखि योजना, आयोजनाका कर्मचारीहरुले तबल खानेभन्दा अन्य काम गर्न सकेको पाइँदैन ।

बजेट अभावले गर्दा कतिपय विकासे आयोजनाहरु अलपत्र परिराखेका छन् । मन्त्री ज्वालाले गत भदौको अन्तिम साता विभिन्न कर्मचारीहरुलाई सरुवा, बढुवा गर्दा मनग्गे आर्थिक लाभ लिएको समाचार पनि नआएका होइनन् । त्योसँगै मन्त्रीका आसेपासेले पनि कर्मचारी सरुवा, बढुवामा राम्रै आर्थिक लाभ लिएको पनि बताइन्छ । उता मन्त्री ज्वालाले विभिन्न आयोजना प्रमुखहरुबाट कमिसनसँगै दशैं पेस्कीसमेत मागेको गुनासो आइरहेको छ । अधिकांश सडक डिभिजन प्रमुख, योजना प्रमुख र आयोजना निर्देशकहरुसँग ठेक्कापट्टा लगाउँदा क्याटगुरी बनाएर ल्याउनु अनि मात्र सही गर्छु भनी निर्देशन दिएकोसमेत गुनासाहरु आउने गरेका छन् ।

अहिलेका मन्त्रीहरु मध्यमा सबैभन्दा बढी विदेश भ्रमण गर्नेमा ज्वाला नै पर्ने गरेको समाचार स्रोतको भनाइ छ । मन्त्री ज्वालाको तुलनामा अन्य मन्त्रीले थोरै विदेश भ्रमण गरेको बताइन्छ । विदेश भ्रमण नगर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पर्दछन् भनिन्छ । मन्त्री किरातीले अहिलसम्म आफूले गरेको बाचा पुरा गरेको बताउने गरेका छन् । सुदन किरातीबाहेक अन्य मन्त्रीहरु सम्बन्धित मन्त्रालयको कामभन्दा पनि स्वदेश तथा विदेश भ्रमणमै नेपाल सरकारको खर्चमा मोजमस्ती गर्दै आएका छन् ।

वर्तमान गठबन्धन सरकार बनेको पनि लभगल वर्षदिन पुग्न लागेको छ । तर, मन्त्रीहरुले गरेका कामहरु भने सून्यजस्तै देखिन्छ । अधिकांश मन्त्रीहरुले देश र जनताको पक्षमा काम गर्नेभन्दा पनि आफ्नो पार्टी र आफू कसरी बन्नेमै लिप्त भएको देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *