बालेनले काठमाडौंबासीलाई झुक्याउँदै

राजनीति समाचार

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौं सहरलाई हराभरा बनाउछु भने तापनि वास्तविक रुपमा त्यो हुन सकेको छैन । बानेश्वर, कोटेश्वर, पुतलीसडक, कलंकी, रत्नपार्कजस्ता एरियाहरुमा फुटपाथे व्यापारीलाई हटाएर रोजीरोटी खोसिदिए तापनि अन्य क्षेत्रमा भने फुटपाथे व्यापारीदेखि यातायातका साधनहरु पनि अव्यवस्थित अवस्थामा चल्ने गरेको देखिन्छ ।

महानगरपालिकाले अधिकांश सार्वजनिक सौचालयहरु होटेल, रेष्टुरेन्टहरुसँग सम्झौता गरेर निःशूल्क सञ्चालनमा ल्याए तापनि कतिपय सौचालयहरु दूर्गन्धित अवस्थामा हुँदा सर्वसाधारणको स्वास्थ्यमाथि गम्भीर असर पु¥याइरहेको छ । महानगरले निःशुल्क सार्वजनिक सौचालयको व्यवस्था गर्ने भने तापनि अधिकांश त्यस्ता शौचालयबाट पैसा असुल्ने गरिएको पाइन्छ । त्यसमा पनि प्रतिव्यक्ति १० रुपैयाँदेखि २० रुपैयाँसम्म असुल्ने गरिन्छ । यसको उदाहरण बनेको छ, नयाँबानेश्वरमा रहेको सार्वजनिक सौचालय । त्यसैगरी रत्नपार्क, भोटाहिटीदेखि सहरका विभिन्न ठाउँमा सञ्चालन गरिएका सार्वजनिक शौचालयमा पनि पैसा असुल्ने गरिएको पाइन्छ ।

महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयअन्तर्गत पर्ने भृकुटीमण्डापभित्रको सार्वजनिक सौचालयमा पनि पैसा असुल्ने गरिँदै आइएको छ । त्यसैगरी टुकुजास्थित तरकारी बजारभित्र रहेको सार्वजनिक सौचालय पनि दूर्गन्धित अवस्थामा रहेको छ भने सौचालय प्रयोग गरेबापतको शुल्क पनि त्यत्तिकै महंगो छ । पशुपति क्षेत्रजस्तो धार्मिक इतिहास बोकेको मन्दिर आसपासमा रहेका अधिकांश सार्वजनिक सौचायलहरु पनि सरसफाइ नभएर दूर्गन्धित अवस्थामा रहेका छन् । यी त साधारण उदाहरण मात्रै हुन् । काठमाडौं महानगरपालिकाभित्र रहेका अधिकांश सार्वजनिक सौचालयहरुलाई दूर्गन्धरहित सफा, स्वच्छ वातावरणयुक्त बनाउने भनिए तापनि त्यो हुन सकेको छैन ।

अर्कोतिर सार्वजनिक यातायातको पार्किङ्गस्थल तोक्ने र फुटपाथे पसलहरु हटाउने, चोकचोकमा व्यापार, व्यवसाय गर्न नदिने भनिए पनि अहिले खुलमखुला रुपमा जथाभावी सवारी साधान रोक्ने र फुटपाथमा व्यापार व्यवसाय सञ्चालन गर्ने गरिँदै आइएको छ । त्यसको उदाहरण बनेको छ, काठमाडौंको मुटुमा रहेको असन, इन्द्रचोक, भोटाहिटी, महाबौद्ध, काठमाडौं गणशस्थान, इटुमबहाल, भेडासिङ, बाङ्गेमुडा, क्षेत्रपाटीलगायत ठाउँहरु ।

यी ठाउँहरुमा फुटपाथे व्यापार, व्यवसाय मात्रै गरिएको छैन, सवारी साधनहरु पनि जथाभावी रोक्ने र अधिकांश सर्वसाधारण जनतालाई हिडडुल गर्न समस्या पु¥याउने काम समेत भएका छन् । काठमाडौंका मेयर बालेन शाहले काठमाडौं महानगरलाई जतिसुकै सुन्दर, सफा र हराभरा बनाउछु भने पनि उनको बोली ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भनेजस्तै भएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *