ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ/वाणिज्य समाचार

काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भोलि मंसिर १३ गते बुक क्लोज गर्दैछ । यसको अर्थ आज मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले बैंकले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १ प्रतिशत बोनस सेयर तथा ८ प्रतिशत नगद लाभांश९करसमेत० वितरणको घोषणा गरिसकेको छ । बैंकको १७ औं वार्षिक साधारणसभा मंसिर २८ गते काठमाडौंको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *