मन्त्रीको मौनताले पर्यटन बोर्डमा ब्यापक भ्रष्टाचार

राजनीति समाचार

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती रहेका छन् । मन्त्री किरातीले आफूलाई इमानदार र काम गर्ने सूचीमा दर्ज गरे तापनि पर्यटनमन्त्रालय अन्तर्गत पर्ने सम्बन्धित निकायहरु भ्रष्टाचारको अखडा बन्दै गएको छ । मन्त्री किरातीले पर्यटन क्षेत्रलाई जतिसुकै चलायमान बनाउछु भने तापनि सो क्षेत्र चलायमान बनाउन सकेका छैनन् । मन्त्रीले गरेका बाचाहरु पनि दिनप्रतिदिन हावामा परिणत हुँदै गएका छन् । नागरिक उड्डयन प्राधिकरणमा ई. प्रदीप अधिकारी कार्यकारी निर्देशक रहेका छन् ।

अधिकारी कार्यकारी निर्देशक रहे तापनि प्राधिकरणभित्रदेखि देशभर रहेका एयरपोर्ट निर्माणको ठेक्कालगायत सम्पूर्ण कामहरुमा व्यापक भ्रष्टाचार भइरहँदा पनि मन्त्री किराती र सचिव भरतमणि सुवेदी मुकदर्शक बनेर बसेका छन् । नबसुन पनि किन, पर्यटनमन्त्रालय अन्तर्गत पर्ने विभिन्न निकायबाट सचिव सुवेदीलाई खामबन्दी आउने गरेकै छ । पर्यटन मन्त्रालयभित्र हुने गरेका भ्रष्टाचारले मन्त्रालय अन्तर्गतका सम्बन्धित क्षेत्र दिनप्रतिदिन बद्नाम हुँदै गएको छ ।

उता, पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीको हालीमुहाली छुट्टै छ । रेग्मीले कर्मचारीहरुलाई वार्षिक २६ देखि ३० करोड हाराहारी तलब खुवाएर राख्ने र पर्यटन बोर्डलाई अनिर्णयको बन्दी बनाउने काम गर्दै आएका छन् । सिईओ रेग्मीले पर्यटन प्रवद्र्धनसम्बन्धी कुनै पनि बैठक राख्न सकेका छैनन् । पर्यटन बोर्डको अध्यक्ष सचिव सुवेदी रहे तापनि सचिवले सिइओ रेग्मीलाई कुनै काम लगाउन सकेका छैनन् । सचिवभन्दा सिइओ रेग्मी नै ठूला छन् । किन कि सिईओ धनन्जय रेग्मीले महिनामा ५ लाख तबल खाने र ५ करोडको गाडी चढेर हिड्ने गरेका छन् । त्यति ठूलो तलब सुविधा लिए तापनि रेग्मीले पर्यटन बोर्डलाई धरासायी बनाउँदै लगएका छन् ।

त्यसले गर्दा पनि सचिव सुवेदीले पर्यटन बोर्डमा ध्यान दिएर काम गर्न लगाउन सकेका छैनन् । सिईओ रेग्मीको जागिर पनि आगामी माघभित्र सकिँदै छ । सिईओ रेग्मीले पर्यटयन बोर्डभित्र भए, गरेकोे भ्रष्टाचारको उजुरीसमेत अख्तियारमा परेको बताइन्छ । पर्यटन बोर्डमा २ अर्ब भन्दा बढी बजेट थुप्रिएर बसे तापनि पर्यटन प्रवद्र्धनसम्बन्धी कुनै ठोस काम गरेको पाइँदैन । उल्टै २ अर्ब ब्याजमा लगाएर कमिसन खाने काम गर्दै आएका छन् । हुन त पर्यटन बोर्ड यस्तो अखडा हो, जहाँ तत्कालीन अवस्थाका सिईओहरुले पनि बोर्डलाई भँजाएर नखाएका होइनन् । तत्कालीन सिईओहरुले गरेका अनियमितता उजुरी अख्तियारमा नपरेको पनि होइन ।

अहिलेका सिईओ रेग्मीले पनि तत्कालीन सिईओहरुको धन्दालाई अगाडि बढाएर भ्रष्टाचारलाई बढावा दिइरहेका छन् । तर, बोर्डमा जति तलब, सुविधा र भ्रष्टाचार बढेको छ । त्यसको अनुपातमा काम भने सुन्य छ । उता मन्त्री किरातीले पर्यटन बोर्डलाई ध्यान नदिएका हुन् कि उनी पनि तिनै भ्रष्टहरुसँग मिलेमतो गरी कमाउ धन्दातिर लागेका हुन् एकिन छैन । तर, मन्त्री किराती अन्य मन्त्रीभन्दा केही राम्रो काम गर्ने भनेर गनिए तापनि पर्यटनजस्तो महत्वपूर्ण क्षेत्रमा ध्यान नदिनु भनेको मन्त्रीलाई पनि भागबण्डा लाग्ने गरेको आशंका पर्यटनका केही कर्मचारीहरुले गर्न थालेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *