नेपाल प्रज्ञा प्रतिष्ठानमा दारु र भारुको चर्चा

राजनीति समाचार

काठमाडौं । गर्नुपर्ने कुरामा ध्यान छैन,नगर्नुे पर्ने कुरामा चासो हुँदा नेपाल प्रज्ञा प्रष्तिठानको पदाधिकारीहरु दिन प्रति दिन बदनाम हुँदै छन् । नियुक्ति कीर्ते प्रकरणदेखि अनेकन निर्णयमा अदालतबाट कैची चलेर कुलपति भुपाल राईहरु बदनामी खेप्दै थिए । अनेसासको आयोजनामा उनी अमेरिका शयरमा रमाइरहेका छन् । सदस्य सचिव धनप्रसाद सुवेदी पनि जाँडमा रमाउँदा उनी समेत आलोचना खेप्दै छन् ।

कुनै एउटा संस्थाले मसँग पैसा छैन,हलको भाडा तिर्न सक्दिन भनेपछि एकेडेमीले त्यहाँको हल दुई दिनसम्म माओवादीको एउटा संस्थालाई निशुल्क उपयोग गर्न दियो । यसरी एकेडेमीबाट दुई दिनसम्म हल निशुल्क पाउने संस्था हो भाषा विज्ञान समाज । भाषा विज्ञान समाज नेपालका अध्यक्ष डा. बलराम तिमिल्सिना छन् भने महासचिव डा. तारामणि राई छन् ।

राई स्वयम् प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत हुन् । उनकै जोडबलमा हल निशुल्क हल पायो । उस्को ४४ औँ वार्षिक सम्मेलन गर्न भन्दै एकेडेमीले हल मात्रै होइन आर्थिक सहयोग नै उपलव्ध गराएको थियो । आम्दानीको श्रोत नभएको भन्दै प्रज्ञाहरुलाई खुसी पारेर सित्तैमा हल लिएको उस्ले शुक्रवार बिहान संस्कृति मन्त्री सुदन किरातीलाई प्रमुख अतिथी बनाएर कार्यक्रम आयोजना ग¥र्यो । बिहानको खाजा भन्दै फलफूल, स्यान्डविच, चिया र आलु गरी राम्रै खाजा खुवायो ।

दिँउसो १ बजेपछि छानी छानी एकेडेमीका माओवादीहरुलाई मासुभात सबैलाई खुवायो । जसै साँझ ढल्दै गयो अनि माओवादी निकट प्राज्ञ,परिषद् सदस्य र साहित्यकारहरुको भीड कालोपुलस्थित शुभम व्यैक्वटमा बाक्लिन थाल्यो । त्यहाँ ६ वटा टेवल कब्जा गरेर साहित्यकारहरु भेला भए । लाखौंको मदिरासहित जाँडपार्टी चल्यो । कार्यक्रम आयोजना गर्ने पैसा छैन भनेर हल निशुल्क माग्ने र आर्थिक सहयोग लगेर संस्थाले त्यही साँझ रात्रिकालीन कक्टेल डिनर आयोजना गरी रातभर जाँड खुवायो । उक्त जाँडपार्टीमा उत्तमराज उपाध्याय, सीता कोइराला, योजना तथा कार्यक्रम महाशाखाका कर्मचारी रञ्जन घिमिरेलगायत समेटिएका छन् ।

कार्यक्रमको व्यवस्थापनसँग असम्बन्धित वसन्तराज श्रेष्ठ पनि माओवादी र सदस्य सचिव डा. धनप्रसाद सुवेदीको सहपाठी भएर समेटिएका थिए । अहिले उनीहरु बदनामी खेप्दैछन् । उसो त यस अघि रारामा पुगेर ६ लाखको दारु पिएर एकेडेमीका प्राज्ञ र परिषद् सदस्यहरु राजधानी फिर्ता भएको प्रंसग सेलाइसकेको छैन । एक जना प्राज्ञले यो प्रंसग प्रति व्यग्य गर्दै भने,‘ जे गर्दछ दारु र भारुले गर्दछ ।’
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *