अध्यागमनका नासु निरौलाको विवाहमा विचौलीयको खर्च

राजनीति समाचार

काठमाडौं । त्यसै भनेका रहेन छन्, चाल्स सोभराजले नेपालको एयरपोर्टबाट हात्ती छिर्छ भनेर । अहिले त्यस्तै भएको छ, एयरपोर्टको अध्यागमन विभागमा । एयरपोर्ट अध्यागमन विभागमा बसेर अकुत सम्पत्ति कमाउनेहरुको नालीबेली अन्यसँग मिल्दैन । अध्यागमन विभागमा कार्यरत नासु सुरज निरौलाको विवाहको प्रिति भोज सुनसरीको बराहक्षेत्र–७, लक्ष्मीचोक आज हुँदै छ ।

उक्त भोजमा एयरपोर्टका कर्मचारीमाझ डन भनेर चिनिएका शाखा अधिकृत शैलेन्द्र ढकाल, विकास डंगोल र विकास रिजाल सहभागी हुँदैछन् । सो भोजमा अध्यागमन विभागमा सेटिङ मिलाउने विचौलिया अमृत ढकालको टोली पनि सहभागी हुँदै छ । नासुस्तरका कर्मचारी सुरज निरौलाको विवाह भोजमा सहभागी हुन काठमाडौंबाट ३ वटा गाडी रिजर्भ गरिएको थियो । ती गाडीको व्यवस्थापन अध्यागमन विभाग एयपोर्टका विचौलीया अमृत ढकालले हुन् ।

नासु स्तरका कर्मचारी निरौलाको सो विवाह भोजमा गृहमन्त्रालयका कर्मचारीदेखि नेपाल राष्ट्रिय कर्मचारी संगठनका पूर्व अध्यक्ष हरि रावल, हालका अध्यक्ष अमरदत्त भट्ट, उपाध्यक्ष उमेश प्रसाद यादव, महासचिव डिलाराम खरेललगायतको टोली पनि सहभागी हुँदै छ । उक्त विवाहमा सहभागी हुन जाने एयरपोर्टका कर्मचारीको व्यवस्थापन पनि विचौलिया ढकालले नै गरेको भनाइ छ । ढकाल कर्मचारी नभएर एयरपोर्टबाट हुने अनियमितताको सेटिङ मिलाउने विचौलीया भएको बताइन्छ ।

ढकालजस्तै अध्यागमन विभागका कर्मरचारीसँग मिलेर सेटिङ मिलाउने विचौलीया अन्य व्यक्तिहरु पनि थुप्रै छन् । तर, गृहमन्त्री नारायाणकाजी श्रेष्ठले जतिसुकै निष्पक्ष ढंगल काम गर्छु भने तापनि एयरपोर्टबाट हुने चोरी, तस्करीदेखि विभिन्न अवैध धन्दाहरु रोकिन सकेका छैनन् । उल्टै अध्यागमन विभागमा कार्यरत कर्मचारीहरुले गृहमन्त्री र स्वकीय सचिवहरुलाई प्रयोग गरी कमाउ धन्दामा व्यस्त रहेका छन् । उता, एयरपोर्ट अध्यागमन विभागमा भ्रष्टाचार गरेको अभियोग लागेका कर्मचारीहरु अख्तियारदेखि सम्बन्धित पैसा खुवाएर कमल पराजुली, शैलेन्द्र ढकाल, वीरसिंह धामीलगायतले सफाइ पाएर फेरि अध्यागमन विभागमै कार्यरत छन् ।

शैलेन्द्र ढकाल अख्तियारमा मुद्दा परेपछि निलम्वित भएका थिए । नासुस्तरका कर्मचारी नरौलाको सो विवाह भोजमा ७० देखि ७५ लाख खर्च हुने बताइन्छ । अध्यागमन विभागका नासुस्तरका कर्मचारीको विवाह भोजमा त यति धेरै खर्च हुन्छ भने अन्य उच्च तहका कर्मचारीहरुको त कुरै नगरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *