गृहमन्त्रीविरुद्ध धन कुवेरहरु !

राजनीति समाचार

काठमाडौं । खान्न खान्न लोकाचार खान लाग्यो मानाचार भन्ने गाउँले उखान क्रान्तिकारी जलप लगाएका माओवादी नेताहरुमा ठ्याक्कै लागू हुन्छ । जर्नादन शर्मा, वर्षमान पुनजस्ता धनकुवेरहरुले यो देशमा कम्युनिष्ट भनेका दलाल र कमिशनमुखी हुन्छन् भन्ने एमालेका अध्यक्ष केपी ओलीले स्थापित गरिदिएको ४१ महिने एकाधिकारवादी शासनलाई माओवादीले समेत स्थापित गरेको छ ।

प्रचण्ड नेतृत्वको सचिवालयले यतिबेला भ्रष्टहरुले घेरिएको छ । भत्ता पचाउने काम प्रमको सचिवालयले गरेको छ । आफन्त र बिचौलियालाई सुविधा दिएर प्रधानमन्त्रीको सचिवालयले देश र जनताको सेवा कसरी ग¥यो । मासिक १७ लाख ३७ हजार मासिक कुम्ल्याएर काम नगर्ने प्रमको सचिवालयको यो बद्नामीमा खबरदारी नगर्ने जनार्दन र वर्षमानको ध्यान गृह मन्त्री नारायणकाजीमा केन्द्रीत छ । काजीको सचिवालयले पनि पञ्जीकरणको सूचना एकद्वार गरेर कमल गिरी र किरण पन्थको एजेन्सीमार्फत गोरखापत्रमा सूचना छपाएको छ ।

माओवादीमा भ्रष्ट समूहको रुपमा जनार्दन शर्मा, वर्षमान पुन प्रथम हुन् भने दिनानाथ शर्मा, देवेन्द्र पौडेल, शक्ति बस्नेत दोस्रो कित्ताका हुन् । घुस खान्न भन्दै गर्दा प्रहरीको नीतिगत ठेक्कापट्टाबाट आउने खामबन्दी छाडेका छैनन् । रक्सी नखाने, कोक नखाने, घुस नखाने दाबी गर्ने काजी समूहको नाममा पैसा उठाउने शुद्ध नेता हुन् । उनको समूहका अमिक शेरचन, गिरीराजमणि पोखरेल, स्व.डिआर पौडेलजस्ता मन्त्री बन्दा समूहको नाममा लुटेकै थिए । काजीको समूहले शिक्षा र स्वास्थ्यमा रजाइँ गरेकै हो । माओवादीले सत्ता पाउनासाथ यो समूहले भाग शान्ति गरेकै छ । अहिले काजी एक्ला सांसद हुन्, त्यो पनि राष्ट्रियसभाका ।

उनलाई अब मन्त्री दिन हुन्न भन्ने जनार्दन र वर्षमान पुनःको आवाज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सुनेकै छैनन् । सरकारको इज्जत राख्ने गृहमन्त्री हुन् । कांग्रेस र एमालेकै कारण नक्कली भुटानी शरणार्थीको नाममा ठगी ललिता निवास काण्ड सामसुम पारियो भने सुन तस्करीमा माओवादी नेता नै जोडिएको घटना पनि नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएकै बेला सार्वजनिक भएको हो । धनआर्जन शर्मा र धनकुवेर पुनले आफ्ना कालाकर्तुत लुकाएर गृहमन्त्रीको विरोध गर्नुले माओवादीकै बद्नाम भएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *