काठमाडौं । हङकङ टी२०आई सिरिजमा नेपाल उपविजेतामै सीमित भएको छ ।
आइतबार खेलिएको फाइनल खेलमा नेपाल कुवेतसँग तिन रनले पराजित भएको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुँदै १७१ रन बनाएको हो ।
नेपालका लागि बशीर अहमदले ८० रन बनाए भने नन्दन यादवले ३७ र आसिफ सेखले २१ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाउदै १७४ रन बनाएको थियो ।