राष्ट्रलाई आवश्यक योग्य जनशक्तिको व्यवस्थापन संसार भर चुनौतीपूर्ण बन्दै गएको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रलाई पनि योग्य जनशक्तिको धेरै आवश्यकता छ । यदि त्यसको समयानुकूल व्यवस्थापन गर्न सकेन भने अमेरिका विश्वको महाशक्ति राष्ट्रको शिखरमा लामो टिक्न सक्दैन । अमेरिकाले आफुलाई जरुरत योग जनशक्ति संसार भरबाट तान्ने गरेको छ ।
यसो गर्न अमेरिकालाई सजिलो छ किनकि अमेरिकामा आर्थिक उन्नतीको अवसरहरु धेरै छन् । त्यसैले संसार कै उत्तम जनसक्ति अमेरिका छिर्नको लागि संधै लालयत भएर बसेका हुन्छन । नेपालको सन्दर्भमा त्यस्तो अवस्था छैन । नेपाली जनता योग्य मात्र होइन अयोग्यहरु समेत पनि अमेरिका छिर्नको लागि लाम लागेर बसेका छन् । अमेरिका छिर्न सकिएन भने पनि युरोप तिर छिर्ने कोसिसमा लागेका हुन्छन । त्यसपछि अफ्रिकी मुलुकहरु, खाडी मुलुकहरु, जापान र मलेसिया लगायतका मुलुकहरुमा रोजगारी कै लागि भएपनि दलाललाई धेरै पैसा खुवाएर जाने गरेका छन् ।
नेपाल सरकारको नीति पनि नेपाली जनतालाई संसारका कुनै पनि देशमा रोजगारीको लागि पठाएर नेपालमा जसरी पनि रेमिट्यान्स भित्र्याउने रहेको छ । त्यसको लागि नेपालमा धेरै म्यानपावर कंपनीहरु नेपाल सरकारको स्वीकृति लिएर स्थापना गरिएका छन । नेपाल सरकारले वैदेशीक रोजगारी प्रवर्द्धनको लागि बिभाग मंत्रालय सम्मको सरकारी संरचनाहरु सञ्चालनमा छन । सोबाहेक गोप्य रुपले बिदेशी मानव तस्करहरु सित मिलेर नेपालको मानव तस्करहरुले गैरकानुनी रुपमा नेपाली पुरुष तथा महिला कामदारहरुलाई बिदेश पठाउने गरेको चर्चा सुनिएका छन । नेपालीमा एउटा उखान छ ‘बिहे गर्नको हतारले केटी माग्न बिर्सियो’ भन्ने; नेपालको हालत अहिले त्यस्तै भएको छ ।
नेपाल सानो र गरिब राष्ट्र भएपनि यसको आफ्नै विकासे आवश्यकताहरु पनि छन् । त्यो सबै राष्ट्रिय जरुरतको ख्यालै नगरी आर्थिक हिसाबले सक्रिय उमेरका सबैलाई रिमीट्यान्सको लागि वैदेशिक रोजगारीमा पठाउने सरकारी नीतिले गर्दा नेपालबाट करिब सवा करोड नेपाली बिदेशिएका छन । नेपालको गाउँघर खाली भएका छन भने घरहरुमा फाटफुट बालबालिका र बृद्धबृद्धाहरु मात्रै देखिन्छन् ।
विवाह गर्ने उमेरका सबै युवा तथा युवतीहरु बिदेशिएको हुँदा नेपालमा बालक जन्म दर एक हजारबाट तीन सयमा झरीसकेको छ । यहि सत्यतालाई महसुस गरी स्वतंत्र नेता दुर्गा प्रसाईले आवाज उठाएका छन । सत्तामा बसेका दलका नेताहरुको ध्यान नेपालको भविष्य सित जोडिएको यो जटिल समस्या तिर खिचेका छन । जसरी नेपालको गाउँका घरहरु खाली भएका छन त्यसै गरी संसारका बिकसित मुलुकका घरहरु पनि खाली हुने गरेका छन । जापान जस्तो बिकसित मुलुकको गाउँका घरहरु पनि अहिले प्राय खाली छन । त्यसैगरी स्पेन, पोर्चुगल लगायतका अन्य युरोपियन मुलकहरुको घरहरु पनि खाली हुने क्रम बढेकोबढेकै छन । आर्थिक उन्नतीको खोजीमा गाउँबाट सहरमा जाने र सहरबाट अन्य सुबिधा सम्मपन्न मुलुकहरुमा जाने क्रम अहिले संसार भरमा नै बढेको छ । नेपालका धनीमानीहरु आफ्नो सन्तानको सुन्दर भविष्य बनाउनको निमिक्त अमेरिका र युरोपियन मुलुकहरु तिर बसाईं सर्ने गरेका छन । तर माध्यम र निम्न माध्यम वर्गका नेपालीहरु वैदेशिक रोजगारी कै खोजीमा जान्छन र त्यताबाट कमाएको पैसाले आफ्नो सन्तानको उज्वल भविष्यको निमिक्त राम्रो शिक्षा दिनको लागि सहरमा आउने गरेका छन ।
वैदेशिक रोजगारीबाट राम्रो कमाई गर्नेहरुले काठमान्डौ जस्तो सहरमा घर जग्गा समेत जोडेको पाईन्छ । वैदेशिक रोजगारीमा गएका अधिकतर नेपालीहरुको जीवन भने संघर्षमा नै बित्ने गरेको भेटिन्छ । बिदेश जाँदा महंगो व्याजदरमा लिएको ऋण तिर्दातिर्दै निरास भएर जीवन गुमाएकाहरु पनि धेरै छन । नेपालमा दीर्घकालिन रुपमा रोजगारी दिन सक्ने उत्पादनमूखि कलकारखानाहरु छैनन् । चलेका सीमित कलकारखानाहरुमा रोजगारी पाएकाहरुले पनि पुग्ने गरी तलव भत्ता पाउने गरेका छैनन् । नेपालको यस्तो हालत देखेर नै नेपाली युवायुवतीहरुले ठुलो जोखिम उठाएर वैदेशिक रोगारीमा जान बाध्य भएकाछन ।
विदेशमा गएपछि सबैलाई राम्रो हुन्छ भन्ने छैन एकादुईलाई राम्रै भएपनि प्राय धेरैको जीवन संघर्षपूर्ण नै हुने गरेकाछन । नेपालमा पनि दक्ष जनशक्तिको ठुलो अभाव छ । विकास परियोजनाहरुको लागि चाहिने दक्ष जनशक्तिहरु विदेशी नै हुने गरेका छन । अदक्ष जनशक्तिको रुपमा नेपाली कामदारहरुले काम गर्न सक्ने भएतापनि काम गर्न सक्ने उमेरका नेपालीहरु सवै वैदेशिक रोजगारीमा गइसकेको हुँदा त्यो पनि नेपालमा अभाव भएको छ । हुँदा हुँदा नेपालमा स्कुल, कलेज र विश्वविध्यालयमा पढ्ने बुद्यार्थीहरुको पनि अभाव हुन थालेको छ ।
पहिले गाउँ गाउँमा खोलिएका स्कुलहरु पढ्ने बिद्यार्थीको अभावमा अहिले बन्द गर्नु पर्दैछन भने केहीलाई गाभेर भएपनि चलाउने जमर्को भएको छ । विश्वविद्यालयका केही आंगिक क्याम्पसहरु समेत पढ्ने बिद्यार्थीको अभावमा बन्द भएका छन । नेपालमा खोलिएका सरकारी र निजी मेडीकल कलेजहरु र ईन्जिनियरीङ्ग कलेजहरुले समेत पढ्ने विद्यार्थीको अभाव झेल्नु पर्दैछन । यसरी शिक्षामा सरकारी र निजी क्षेत्रले गरेको ठुलो लगानी खेर जाने संभावना बढेको छ । सत्तामा बसेका दलका नेताहरुले यसको समाधान तुरुन्त नै खोजीहाल्नु पर्ने देखिन्छ । नेपालको खस्ता आर्थिक हालतले गर्दा विदेशिएका नेपालीहरु चाँडै नेपाल फर्किन सक्ने संभावना छैन ।
वैदेशिक रोजगार नीतिले गर्दा नेपालको भाँडभैलो भईसकेको सामाजिक संरचना अब निकट भविष्यमा नै ठिक हुने संभावना छैन । त्यसकारण नेपाल सरकारको लागि जनसंख्या व्यवस्थापन ठुलो चुनौती बनीसकेको छ । बालक जन्म दर बढाउनको लागि नेपाली युवा युवतीहरुलाई नेपालमा नै रोजगारी दिने व्यवस्था गरी घरबार बसाउन प्रेरित गर्नु पर्ने भएकोछ । भत्कीसकेको सामाजिक संरचनालाई पुनरस्थापित गरी पहिलेको जस्तै बनाउने काम सजिलो नभएको हुँदा सबैले जिम्मवारी पूर्वक मिलेर काम गर्नु पर्ने हुन्छ ।
नेपालमा जे जस्तो बिकास हुँदै छन वा गरिंदै छन त्यो सबै नेपाली जनताको सुख र सुबिधाको लागि नै हुन । यदि नेपाली जनता नेपाल नै छाडेर जाने अवस्था नेपालमा आएको छ भने त्यो बिकासको कुनै अर्थ छैन । नेपालको राजनीतिक नेतृत्व यस बारे आफैलाई पुनरमुल्याङ्कन गर्नु पर्ने हुन्छ । नेपाली जनतालाई सुखी र समृद्ध बानउने बिकासको नाममा ऋण मात्रै काढेर नछेउ नटुप्पाको बिकास मात्रै गरी हिड्नुको कुनै अर्थ छैन । आजको अवस्था नेपालमा कस्तो छ भने राष्ट्र पनि चुरलुम्म बिदेशी ऋणमा डुबेको छ भने नेपाली जनता पनि वित्तिय संस्थाहरु र बैंकहरुको ऋणमा चुरलुम्मै डुबेका छन । नेपाली जनता निरास भएको बेलामा झन राजनीतिक नेतृत्वले बिकासको नाममा उल्टो पाल्टो काम गर्दै हिडेकाले नेपाली जनताको मनमा नैराष्यता पैदा भएको छ ।
नेपालमा जे गर्दा पनि केही हुँदैन भन्ने हिन भावनाले ग्रसित भएका छन । बिदेशमा गएर दुईचार पैसा कमाएर ल्याउन सके ऋण तिरेर कमसेकम घरपरिवारलाई जोगाउन सकिन्छ कि भन्ने झिनो आश मन भित्र पाल्दै बिदेश लाग्ने गरेका छन । तर युवाहरु पनि त्यसरी बिदेश लाग्दा बिदेशमा नै बिभिन्न कारणले अड्किएर उतै घरजम बसाउने तिर उनमुक्त भएका छन । यता नेपालमा बुढा बाउ आमा सन्तान आउने बाटो हेर्दै कुर्दा कुर्दै अलपत्रमा परी बस्दाबस्दै बित्ने गरेका छन । नेपालमा बिगत देखि कायम रहेको परिवारिक संरचना यसरी ध्वस्त भएर बिघटनको मार्गमा धेरै अगाडि पुगीसकेको छ । राजनीतिक नेतृत्वको गलत नीतिहरु र वेवास्ताले गर्दा नेपाल जस्तो सुन्दर र बिशाल मुलुकको भविष्य संकटापन्न बनेको छ ।
यस्तो अवस्थालाई रोकेर ठिक गर्न नयाँ राजनीतिक नेतृत्वलाई पनि कैयौं बर्ष लगाउनु पर्नेछ । नेपाल राष्ट्रको अस्तित्व जोगाउने भने कै नेपाली युवा युवतीहरुले हुन । तिनैको मार्ग दर्शन नेपालको राजनीतिक नेतृत्वले उचित ढंगले गर्न नसकेकाले आज नेपालकै भविष्य माथि ठुलो ग्रहण लागीसकेको छ ।
दलका नेताहरुले कुरा मात्रै धेरै धेरै गर्ने तर कामहरु भने उल्टो पाल्टो गर्दै जाने भएकाले नेपाल राष्ट्र संकटैसंकटको घेरबन्दीमा परीसकेको अवस्था नेपालमा विद्यमान छ । संकटको घडीमा सबै एक जुट हुन जरुरी हुन्छ । चारैतिरबाट नेपाल माथि बिदेशीको आर्थिक आक्रमण भईरहेका छन तसर्थ राजा सहित दलहरु सबै त्यस्तो बिदेशीको आक्रमणको समाना गरी परास्त तुल्याउन एकजुट हुनु पर्छ । बिदेशीहरुले नेपालको मानव संसाधनकै प्रयोगरी नेपाली जनताकै बिरुद्ध चुनौतीको हिमाल नै खडा गरीसकेका छन । यस्तो अवस्था आउँदा सम्म पनि दलका नेताहरुले अझ बिदेशीकै चाकडी बजाई राख्नु आत्मघाती गोल गरे बराबर नै हो ।
त्यस्ता स्वराष्ट्रघाती नेताहरुको पहिचान गरी तह लगाउनको लागि पनि राजा सहित नेपाली जनताको गठजोर चाहिन्छ । आफै सित भएको मानव संसाधनको व्यवस्थपन गर्न नजान्दा वा नसक्दा नेपाल राष्ट्रलाई अहिले दलहरुले वैदेशिक रोजगारीको धरापमा पारीसकेका छन । नेपालीको आत्मसम्मान र स्वाभिमानका बिरुद्ध दर्जन थापी बसेका बिदेशीहरुले वीर नेपालीलाई खोरमा हालेर गुलाम नेपाली बनाईसकेका छन ।
राजतंत्र हुँदा स्वावलम्बी रहेका नेपाल राष्ट्रका नेपाली जनता अहिले एक निःसाहाय परनिर्भर मुलुकका जनता बनेर गाँस, बास र कापसको जोहो गरी आफु र आफ्नो परिवारजनको छाक टार्न बिदेशीको गुलाम बन्न बाध्य भएकाछन । दलहरुले बिगत देखि भन्दै आएको यस्तो नयाँ नेपाललाई देखेर भोगे पछि अहिले नेपाली जनता जिल खाएकाछन त्यसैले बाध्य भएर “राज आउ देश बचाउ“ भन्दैछन ।