डा.आरजुको धन्दामा स्वर्णिमको साथ

राजनीति समाचार

काठमाडौं । कांग्रेसको सरकारमा कांगे्रसले नपत्याएपछि रास्वपा भएका डा.स्वर्णिम वाग्लेकाविरुद्ध जनमत बढ्दैछ । अमेरिकी बिचौलियका रुपमा परिचित रवि लामिछानेको असक्षमता र उत्ताउलो चरित्रले डा.स्वर्णिमलाई रास्वपा वकस मिलेको हो । डा.स्वर्णिमले जस्तोसुकै गफ छाँटेपनि कांग्रेसको कारणले राष्ट्रिय योजना आयोगको सदस्य भएपछि डा.आरजुसँग सम्बन्ध स्थापित भयो । डा.आरजुको सिफारिसमा उनी योजना आयोगको उपाध्यक्ष भएका हुन् ।

वाग्ले गैरसरकारी संस्थामार्फत खेल्न सिपालु पिएचडीधारी हुन् । भारत र अमेरिकामा पिएचडी गर्नेहरु त्यतैका बिचौलिया बनेर स्वदेश फर्कन्छन् भन्ने नमुना हुन् डा.बाबुराम भट्टराई, डा.अमरेशकुमार सिंह, डा.राजन भट्टराईहरु । जसले भारतसँग दोहोरो संवादको अवस्था आउँदा नेपालको पक्ष लिएर डटेर बोल्न सक्दैनन् । अमेरिकी डा.स्वर्णिम वाग्लेजस्ता रास्वपामा मिल्न पुगे । त्यहाँ रवि लामिछाने थिए । विषयगत विज्ञता उनमा नहुँदा जनताको मत कांग्रेस एमालेतर्फ फर्कन नदिने अमेरिकी योजनामा डा.स्वर्णिम वाग्ले थिए ।

स्वर्णिमले विल एण्ड मेलिन्दा जेष्ठ फाउण्डेशनको ९ करोड मात्र खाएनन्, भियतनामी ससुराको सम्पत्ति पनि खाए । डा.आरजु देउवाद्वारा स्थापित युलेन्स स्कुलमा छोरालाई छात्रवृत्तिमा पठाएकै छन् । निजी क्षेत्रको भरपर्दाे विमान कम्पनी बुद्ध एयरका मालिक वीरेन्द्रबाबु बस्नेतसँग सार्वजनिक साझेदारी सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको रकम १ करोड आफ्नै पिताले स्थापना गरेको चितवनको स्कुललाई दिन वाग्ले सफल भए । त्यसो त चीनमा कालोबजारी गर्ने शशीकान्त अग्रवालका उनी दाहिना बनेर करोडौं हजम गर्ने गरेका छन् ।
वाग्ले राजनीतिक दलका नेताका बारेमा कडा टिप्पणी गर्दा आफ्नै गुरुआमा डा.आरजुको बारेमा एक शब्द बोल्दैनन् ।

जबकी नेपालको प्रत्येक भ्रष्टाचार र तस्करीमा विगतमा सुजाताको नाम जोडिएजस्तै आज डा.आरजुको नाम जोडिन्छ । एमाले अध्यक्ष केपी ओलीले भूमिसुधार ऐन २०२१ परिवर्तन गरी झापाको गिरीबन्धु टी स्टेटको जमिन सट्टाभर्ना गर्न सहमति दिँदा १ अर्ब रकम र २५ विघा जमिन पाउने शर्त थियो भने डा.आरजुले ३० विघा जमिन पाउने थिइन । न्यायालयबाट प्रक्रियामा त्यो रोकियो ।

अहिले डा.आरजुले शेयर बजारको लाइसेन्स वितरणमा अर्ब लिइन । कर्मचारी सरुवा बढुवा, प्रहरीको सरुवा बढुवा, सांसद बन्न टिकट प्राप्त गर्न होस् वा मन्त्री बन्नका लागि नेपाली कांग्रेसबाट चालिने कदममा डा.आरजुको सहमति चाहिन्छ । नेपाली युवालाई नक्कली भुटानी बनाएर खाएकी डा.आरजलाई खाँडपत्नी मञ्जु खाँडले सघाउँदै आएकी छिन् ।

दुई नारीकै कारण कांग्रेसका सांसदहरु आक्रोसित छन् भने कांग्रेसको महिला संघ क्रियाशील छैन । डा.आरजुका भाइ भूषण राणाको व्यापारिक चमक उस्तै छ । आल्मुनियम उद्योगको लागि तेस्रो देशबाट कच्चा पदार्थ भित्र्याउँदा राज्यलाई ठग्ने काम गरेका छन् । एक ड्रमको भन्सार दर १ लाख ७५ हजार पर्छ भने डा.आरजुको दबाबमा जनार्दन शर्मा अर्थमन्त्री हुँदा ७५ हजार मात्र तोकिएको थियो । अहिले पनि त्यही थिति भूषणको व्यापारमा रहेको छ । डा.स्वर्णिम वाग्लेलाई पनि यो धन्दा थाहा छ । तर उनी कम्युनिष्ट पार्टी र नेताका जति आलोचक छन् । भ्रष्ट आरजुप्रति नरम छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *