यो वर्ष काण्डै काण्डको वर्ष

राजनीति समाचार

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्माकै कारण वामपन्थी सहकार्य भत्किन पुग्यो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले गफ लगाउने मात्रै काम गरे । भ्रष्टाचार र बेथितिकाविरुद्ध प्रचण्ड परिवारको सहभागिताको समाचार पनि आयो । यो सत्य एनसेल प्रकरणमा प्रधानमन्त्रीले राज्यव्यवस्था समितिको बैठकमा पनि बताए । छोरी गंगाको पनि चुरीफुरी बढेको छ ।

वर्तमान गठबन्धन केपी ओलीकै कारण बन्न पुगेको थियो । यो गठबन्धनले अपराधीको बाटो समातेको छ । कांग्रेसले गुण्डानायक रोज राणा अर्थात सरोज थापालाई लुम्बिनी प्रदेशको मन्त्री बनाउन पुग्यो । कांग्रेसको यो चाल देखेर नेकपा एसले अर्का नाइके दीपक मनांगे उर्फ राजु गुरुङलाई गण्डकी प्रदेशको मन्त्री बनाउन जोड दिँदैछ । जबकी मनांगे स्वतन्त्र सांसद हुन् । उनी विगतमा एमालेका पृथ्वी सुब्बा मुख्यमन्त्री बन्दा पनि खेलकुद मन्त्री भएर गुण्डागर्दी गरेका थिए ।

लोकतन्त्रमा फौजदारी अभियोग लागेकालाई मन्त्री बनाएर जोगाउने काम प्रचण्ड सरकारले गरेको छ । रवि लामिछाने दोहोरो नागरिकता काण्डमा मुछिएका थिए । रविकै सहकारी ठगीकाण्ड पनि बाहिर आयो । बालुवाटार काण्डमा शोभाकान्तले कमाए, बेलायत गए तर भाटभटेनीका मालिक मिनबहादुर गुरुङ जेल परे र धरौटीमा छुटाइयो ।

सय केजी सुन काण्डमा जो सहभागी भए छानबिन समितिलाई किने । केपी ओलीले आयोग बनाउन भनेर संसद अवरुद्ध गरे । ६० किलो सुन काण्डपछि त कसैको केही लागेन । सुन तस्करीमा दलका नेता, एयरपोर्टका कर्मचारी, प्रहरीसमेत एक भएका थिए । प्रचण्ड सरकारको प्रगति यति मात्रै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *