कम्पनी रजिष्ट्रारमा कर्मचारीको मनपरी

राजनीति समाचार

काठमाडौं । ‘जुन जोगी आएपनि कानै चिरेको’ भनेझैं अहिले कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा भएको छ । कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा अन्य कार्यालयमा रहँदा विवादित छवि भएका व्यक्तिहरु रजिष्ट्रार सरुवा भएर आउने गरेका छन् । तत्कालीन रजिष्ट्रार महेश बराल सरुवा भएपछि दीपक पहाडी रजिष्ट्रार भएर आएका छन् । नयाँ रजिष्ट्रारको फाइदा अन्य कर्मचारीहरुले लिन थालेका छन् ।

नयाँ रजिष्ट्रारको फाइदा लिनेमा उपसचिव अर्जुन खड्का, नासु श्रीराम घिमिरे, कानुन शाखा प्रमुख शम्भु निरौला र सञ्जिव अधिकारी रहेका छन् । कम्प्युटर अपरेटर रमेश नेपाल र नारायण विष्टको यतिबेला कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा हालीमुहाली चल्ने गरेको छ । यस्ता कर्मचारीहरुको कारण कम्पनी रजिष्ट्रारको कार्यालय विवादित बन्दै गएको छ ।

यी कर्मचारीहरुले विचौलियालाई प्रयोगरी नियमपूर्वक हुने काममा बाधा पु¥याउँदै आएका छन् । यतिबेला कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी अध्यावधिक प्रमाणपत्र निकाल्नेको भीड लागेको छ । अध्यावधिक निकाल्न आफू जाँदा कर्मचारीले ढिलासुस्ती गर्ने भएपछि कम्पनी सञ्चालकहरुले विचौलियालाई काम दिएर पठाउने गर्दछन् । कतिपय कम्पनी सञ्चालकहरु अवध्यावधिक नगरी बसेका कारण लाखौं जरिवानाको भागिदार भइरहेका छन् । त्यसलाई मिलाउनको लागि पनि सञ्चालकहरुले विचौलिया खटाउने गरेका छन् । तिनै विचौलियालाई प्रयोग गरेर कम्पनी रजिष्ट्रारका कर्मचारील फाइदा लिने गरेका छन् ।

कतिपय कर्मचारीहरुले त कम्पनी मालिकसँग कमिसनको सिधैं मार्गेनिङ गर्ने गरेका छन् । खासगरी नामसारी गर्ने, कम्पनी परिवर्तन गर्ने, ठाउँसारी गर्ने, कम्पनी बन्द गर्ने, सञ्चालकहरु परिवर्तन गर्ने, शेयर लगत बढाउने जस्ता कामहरुमा कर्मचारीहरुले नाजायज फाइदा लिने गरेका छन् । कम्पनी रजिष्ट्रार कार्यालयमा नयाँ रजिष्ट्रारले आम्दानीको भेउ नपाउन्जेल पुराना रैथाले कर्मचारीहरुले फाइदा उठाउँदै आएका थुप्रै उदाहरणहरु छन् । कतिपय कर्मचारीहरु त कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा हुनको लागि राजनीतिक दलनिकट कर्मचारी संगठनका नेतादेखि नेपाल सरकारका सचिव, नेता र मन्त्रीहरुलाई समेत प्रयोग गर्ने गर्दछन् ।

कम्पनी रजिष्ट्रारमा कार्यरत कर्मचारीहरु अन्यत्र सरुवा भएर जान पनि मान्दैनन् । हालका रजिष्ट्रार दीपक पहाडी नयाँ भएकाले कम्पनी रजिष्ट्रारमा कार्यरत उपसचिव अर्जुन खड्का, नासु श्रीराम घिमिरे र कानुन शाखा प्रमुख शम्भु निरौला र सञ्जिव निरौलाको हालीमुहाली चलेको छ । उनीहरुको लागि पुस महिना दशैं आएजस्तै भएको छ । यस्तो दशैं कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीलाई मात्रै होइन आन्तरिक राजश्व कार्यालय अन्तर्गतका कर कार्यालयका कर्मचारीलाई पनि आएको छ । कम्पनी रजिष्ट्रार र कर कार्यालयका कर्मचारीहरुले सेवाग्राहीलाई रिझाएर भन्दा पनि यो मिलेन र त्यो मिलेन भनी तर्साएर फाइदा लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *