प्रधानमन्त्रीलाई भारतको पहिलो बधाई किन ?

राजनीति समाचार

काठमाडौं । नेपालको कथित दुई तिहाईको ओली सरकारसँग भारतीय पक्ष कति रिसाएछ भन्ने कुरा राष्ट्रपतिले जेन्जी समूहसँग सम्झौता गरी सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन साथ बधाई दिनुले स्पष्ट हुन्छ ।

चीन र अमेरिकाको बधाईले पनि अर्थ रहन्छ कार्कीको शपथमा । एमालेबाट सभामुख भएका देवराज घिमिरे सहभागी नहुनु नौलो थिएन किनकी उनको दाता केपी ओली कै प्रधानमन्त्री पद खोसिएको थियो । तर दुई तिहाईको सरकार संसद भित्र बदनाम हुँदा प्रतिपक्ष दलले खबरदारी गर्न सकेन ।माओवादीका अध्यक्ष प्रचण्डका ऐजेरु राष्ट्रियसभामा रहेका छन् । उनै प्रचण्डका भाई नारायण प्रसाद दाहाल समेत सहभागी भएनन् । त्यो योजना एमाले र माओवादी कै हो ।

ओली शासन भ्रष्टाचारको संस्थागत विकास गर्न सम्वृद्विको एलान गर्न पछि पर्दैनथ्ये । नीतिगत भ्रष्टाचारले देश घायल–कायल हुँदा जेन्जीको आन्दोलनले २४ घण्टामा ओली सरकार ढल्यो । भारतको पहिलो समर्थन पाएकी कार्कीले चीन, अमेरिका, बेलायत, जापान संयुक्त राष्ट्र संघको समेत समर्थन रहेको पाइन्छ । बधाई खाइरहँदा प्रधानमन्त्रीले मन्त्रीमण्डल समेत बनाउन सकेकी थिएनन् । नेपालको घनिष्ट छिमेकी भारतले लिपुलेकको बारेमा चीन भ्रमणमा जाँदा भारतीय प्रम नरेन्द्र मोदीसँग प्रमको नाताले केपी ओलीले विषय राख्दा चासो दिएन । न त चीनले नै यो कुरामा गम्भीरता देखायो ।

हिजो ३१ गतेको लागि भारतको भ्रमणको तयारी गर्ने क्रममा प्रधानमन्त्री ओली थिए । दुई दिने भ्रमण आज फकर्ने गरी तयारी हुँदै थियो । छिमेकीहरुको नेपाल प्रतिको धारणा यस्तै बेलामा झल्कन्छ जुनबेला एउटा सरकार ढलेर अर्को सरकारको रुपरेखा झल्किन्छ । भारतले त्यो सरकारलाई सहयोग गरेको थिएन । सीमा तस्करीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले भारतीय तस्करको सामना गरेका छन् । सरकार कतिपय ठाउँमा तस्करका सामान छुट्याउन उद्दत हुन्छ । छिमेकीको भित्री कुरा सबै बुझेको कारण भारतले ठूला दलमा भित्र्याएका एजेण्ड मार्फत सबै सुचना पाउँछ । मुखले राष्ट्रबादी बनेर जनतालाई छक्याउन सकिन्छ । तर मुलुकको राजनीतिमा बढेको दुगन्र्ध आफैंले छुटाउने हो ।

प्रधानमन्त्री कार्कीलाई भारतीय पक्षले सघाउनु उनका श्रीमान दूर्गा सुबेदीको टोलीले नेपालबाट अपहरण गरेर भारतको फारवेशगंज पु¥याउँदा सहयोग पु¥याउने त्यही भारतले सघाएको थियो । कांग्रेसका अधिकांश नेता भारत भक्त छन् । डा.आरजुका कारण शेरबहादुर देउवा अमेरिकी पक्ष भएका हुन् । भ्रष्टाचारमा उनको नाम अब्बल थियो । जेन्जी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन, प्रेस स्वतन्त्रताको वकालत गरेको थियो । भारत यसमा सहमत देखियो । प्रधानमन्त्रीलाई पहिलो बधाई दिएपछि कांग्रेस र एमालेको निम्ति सबक भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *