ठगबन्धनको तारो श्रेष्ठ र महत

राजनीति समाचार

काठमाडौं । कांग्रेसले जनतालाई विश्वास दिलाउन सक्ने मन्त्रालय लिएर काम गर्न नसक्दा सरकारको बद्नाम भएको महसुस गरेको छ । गृह मन्त्रालयमार्फत योगराज ढकाल उर्फ रिगल नाम गरेका व्यक्तिको रिहाईपछि कांग्रेस झन् बद्नाम भयो । पछिल्लो पटक कांग्रेसका बालकृष्ण खाँड, एमालेका लक्ष्मी कोइरीलाई पनि कानूनी मुक्ति दिइएको छ ।

यी दुबै काण्डमा गृह मन्त्री राजी थिएनन् । प्रचण्डको कुर्सीका लागि पद त्याग गरिदिनुपर्ने बाध्यता माओवादीमा छ । यसअघि अमनलाल मोदीले मन्त्री पद त्यागेका थिए । देशका जुनसुकै घटनामा विभागीय मन्त्रीले टुंगोमा पु¥याए हुने काममा पनि प्रधानमन्त्रीकै सहभागिता खोज्ने रोग नै बढेको छ । अहिले कांग्रेसभित्र पार्टी सभापतिको विश्वासप्राप्त अर्थमन्त्री डा.प्रकाशशरण महत बढी आलोचित छन् ।

भौतिक पूर्वाधारको क्षेत्रमा आतंक छ । काम सम्पन्न भएका परियोजनाको भुक्तानी नपाएर निर्माण व्यवसायीहरु नै आतंकित छन् । सडकका महानिर्देशक, सुई र डिईहरु ठेकेदारबाट घेरिउका छन् । अर्थमन्त्रीको नालायकीले भुक्तानी रोकिएको हो । कांग्रेसका अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र स्वास्थ्य मन्त्रीका कामले जनतामा प्रभाव पार्न सकेको छैन ।

कालोबजारी नियन्त्रण र महंगी नियन्त्रण भएको छैन । प्रचण्ड सरकारको एक वर्ष काण्डै काण्डमा बितेको छ । राजस्व मार्ने काममा कांग्रेसकै सांसद विनोद चौधरी, एनसेलका सतिशलालदेखि इन्टरनेट सेवा प्रदायकको राजस्व चुहावट, विद्यतको महसुल नतिर्ने उद्योगपतिहरुको घमण्ड जस्ता काण्ड अहिले नै देखिएका छन् ।

कांग्रेसलाई साथ दिएर बनेको सरकारमा माधव नेपाल, उपेन्द्र यादवजस्ता समाजवाद उन्मुख शक्ति छन् । तर ती पार्टीहरुले लिएका मन्त्रालयमध्ये विवादित भौतिक पूर्वाधार मन्त्रालयकै कारण निर्माण व्यवसायी भुक्तानी नपाएर आक्रोशित छन् । यो आक्रोशको कारक कांग्रेसका अर्थमन्त्री डा.प्रकाशशरण महत हुन् । राजस्व संकलनको लक्ष्यमा कर प्रशासन पुग्नै सकेन ।

मन्त्री भ्रष्ट भएको कारण यस्तो भएको हो । सरकारको बद्नाम गर्ने जुन पात्र छन्, तिनैलाई बोक्ने डा.आरजु राणा बद्नाम हुँदै गएकी छिन् । गृह प्रशासनमा पनि मन्त्रीबाट परिवर्तनको बाटो लिइएकै हो । तर हस्तक्षेप कांग्रेसबाट हुन्छ । कांग्रेसले गृह खोज्नुको कारण प्रहरीलाई भ्रष्ट बनाउनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *