गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी

अर्थ/वाणिज्य समाचार

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गुडविल फाइनान्स लिमिटेडको गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा सम्पन्न साधारणसभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालक सर्वसम्मत चयन गरेको छ ।

जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ सर्वसम्मत संचालक चयन भएका हुन् । उदयश्वार श्रेष्ठ बाहेक अन्य ३ जना यस अघि पनि संचालक थिए ।

नयाँ संचालक समिति गठनपछि बसेको पहिलो बैठकले दिलीप कुमार मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात तथा आर्थिाक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण स्वीकृत, आर्थिक २०८०/०८१ को लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र संचालक समितिको थप अवधिमा भए गरेका कामको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *