रिलायबल नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी

अर्थ/वाणिज्य समाचार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले सोमबार एक कार्यक्रम गरी मृतक राम बहादुर घर्तीकी श्रीमती काशीमाया घर्तीलाई १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । आर्थिक अवस्था कमजोर भएको गरिब परिवारमा बीमावापत १४ लाख रुपैयाँ पाउँदा बीमितको आश्रित परिवारमा राहत पुगेको छ ।

कम्पनीका अनुसार सल्यान जिल्लाको कालिमाटी गाउपालिका वडा नं। ५ निवासी बीमित राम ब। घर्तीको वैदेशिक रोजगारको क्रममा मलेसियामा गत मंसिर २२ गते निधन भएको थियो ।

बीमितको निधन भएपछि कम्पनीको सुर्खेत शाखाले एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै सुर्खेत शाखा प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारीले जनप्रतिनिधि निम बहादुर बुढामगरको रोहवरमा बीमितको घरमै गई दाबी रकम भुक्तानी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *