सशस्त्र सक्रिय हुँदा नेपाल प्रहरी कमजोर सावित

राजनीति समाचार

काठमाडौं । यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच घम्साघम्सी चलेको छ । नेपाल प्रहरीलाई मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सकेको आरोप लाग्दै आएको छ । नेपाल प्रहरीका आइजीपी वसन्त कुँवरले प्रहरी संगठनलाई चुस्तदुरुस्त बनाउन नसक्दा यस्तो आरोप लाग्न थालेको हो । किन कि उनी शान्तिसुरक्षा र अमनचयनको कामभन्दा प्रहरीहरुको सरुवा, बढुवा र कमिसनमा व्यस्त रहेका छन् । आइजीपी कुँवर नेपाली कांग्रेस निकट भएकाले पार्टीलाई चन्दा र सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई सहयोग जुटाउन व्यस्त रहनु परेका कारण प्रहरी संगठनलाई चलायमान बनाउन सकेका छैनन् ।

प्रहरीका तत्कालीन आइजीपीभन्दा हालका आइजीपी वसन्त कुँवर नालायक देखिएका छन् । त्यसको फाइदा सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले लिँदै आएका छन् । अर्यालले सीमा नाकादेखि विभिन्न क्षेत्रमा सशस्त्र प्रहरीको सञ्जाल खडा गरिसकेका छन् । अर्यालले सीमा नाकामा मात्रै नभएर एयरपोर्टमा समेत आफ्नो कब्जा जमाइसकेका छन् ।

त्यति मात्रै होइन नेपाल प्रहरीका आइजीपी वसन्त कुँवरले काम गर्न नसकेको भन्दै विभिन्न राजनीतिक दलका नेताहरुलाई कुरा लगाएर उचाल्ने काम गरिरहेको स्रोतको भनाइ छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि नेपाल प्रहरीका आइजीपी कुँवरलाई भन्दा सशस्त्र प्रहरीका आइजीपी राजु अर्याललाई काखी च्याप्ने काम गर्दै आएका छन् । कुनै बेला नारायणकाजी श्रेष्ठ शिक्षक हुँदा अर्याल उनका विद्यार्थी थिए ।

त्यो बेलाको गुरु–चेलाको नाता अहिले उनीहरुको सम्बन्ध सुमधुर बनेको हुनुपर्छ । आईजीपी अर्यालले देशभर सुरक्षा संगठनको विस्तारसँग वामपन्थी नेताहरुको काम गर्न भ्याएका छन् । सशस्त्र प्रहरीले महत्वपूर्ण ठाउँको सुरक्षा जिम्मा आफ्नो कब्जामा लिँदै आएपछि नेपाल प्रहरी कमजोर सावित हुँदै गएको छ । त्यसको उदाहरण बनेको छ, हालसालै एयरपोर्टमा भएको घटना । यसअघि अध्यागमन विभागका कर्मचारी र नेपाल प्रहरीको मिलेमतोमा भिजिट भिसामा नेपालीहरुलाई विदेश पठाउने काम गरिँदै आइएको थियो ।

तर, पछिल्लो समय गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी र अध्यागमन विभागका निजामती कर्मचारीले मात्रै एयरपोर्टको सुरक्षा गर्न नसकेको भन्दै सशस्त्र प्रहरीलाई खटाएको छ । विगत लामा समयदेखि एयरपोर्ट सुरक्षा हेर्ने जिम्मा अध्यागमनका निजामती कर्मचारी र नेपाल प्रहरीलाई दिइएको थियो । भन्सार र अध्यागमनका कर्मचारी प्रहरीको मिलेमतोमा नेपालीहरुलाई भिजिट भिसामा विदेश पठाउनेदेखि सुनतस्करीलगायत विभिन्न अवैध धन्दा फास्टाउँदै आएको थियो ।

तर, कर्मचारी र प्रहरीबीच भागबन्डा नमिल्दा बेलाबखत सुनतस्करी लगायतका अवैध घटनाहरु बाहिर आउने गरेका थिए । त्यसले गर्दा प्रहरी र निजामती कर्मचारीबीच मनमुटाव बढ्दै आएको थियो । मनमुटावसँगै पछिल्लो समय कर्मचारी र प्रहरीबीच कुटाकुटको स्थिति समेत सिर्जना भएको छ । त्यसै विषयलाई लिएर अध्यागमनका कर्मचारी र कर्मचारी संगठनहरुले विरोध गर्दै एयरपोर्टको सुरक्षा हेर्ने जिम्मा नेपाल प्रहरीलाई नभइ सशस्त्र प्रहरीलाई दिनुपर्ने माग राख्दै सडक तताउन थालेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *