पर्यटन बोर्डको सिइओ बन्नेको होडवाजी

राजनीति समाचार

काठमाडौं । सरकारी स्वामित्वमा रहेका संस्थाहरुमा राजनीतिक नियुक्ति गर्दा राजनीतिक पूर्वाहग्रह र पैसाको चलखेलले उचित व्यक्तिलाई पाखा लगाउँदा अधिकांश संस्थाहरु धरासायी बन्दै गएका छन् । त्यसको गतिलो उदाहरण बनेको छ, पर्यटन बोर्ड । पर्यटन बोर्डमा जति पनि कार्यकारी प्रमुख (सिइओ) नियुक्ति भए ती सबै कुनै न कुनै राजनीतिक पार्टीका कार्यकर्ता बनेर । पर्यटन क्षेत्रमा दख्खल नएका राजनीतिक कार्यकर्ता बोर्डको सिइओ बन्दा पर्यटन क्षेत्र नै तहसनहस बन्दै गएको छ ।

राजनीतिक आडमा सिइओ बन्नेहरुले बोर्डलाई चलायमान बनाउनुको सट्टा कहाँबाट र कसरी पैसा कमाउन सकिन्छ भन्नेतिर ध्यान दिने गर्दै आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जुनसुकै पार्टीको बनेपनि पर्यटन बोर्डलाई दुहुनो गाई बनाउने काम गर्दै आएका छन् । तत्कालीन सीईओ धनन्जय रेग्मीले बोर्डलाई भजाएर करोडौं असुलेको बताइन्छ । रेग्मीको कार्यकाल सकिन लाग्दा एक चाइनिज कम्पनीलाई एक करोड बोर्डबाट निकासा दिएर मोटो रकम कमिसन खाएको आरोप पनि उनीमाथि छ । सिइओ रेग्मीले तत्कालीन अवस्थामा हिमाल आरोहण गर्नेदेखि विभिन्न पर्यटन व्यवसायीहरुसँग कमिसन लिएको बताइन्छ छ ।

त्योसँगै बोर्डलाई आवश्यक सामग्री खरिद गर्दा पनि ठूलो रकम घोटाला गरेको आरोप उनीमाथि छ । अहिले रेग्मी बोर्डबाट हटेपनि उनले पर्यटन क्षेत्रलाई तहसनहस बनाएको भन्दै अख्तियारमा मुद्दा दायर गर्ने तयारी केही व्यवसायीहरुले गरेका छन् । पर्यटन बोर्डबाट रेग्मीले अवकास पाएसँगै अहिले नयाँ सिइओ बन्नेहरुको ताँती लागेको छ । सिइओ बन्न ताँती लाग्नेमा भिक्टोर टुरिजमका तत्कालीन अध्यक्ष कमल सापकोटा, टानका तत्कालीन अध्यक्ष नवराज दाहाल, सुदूरपश्चिमका पुराना व्यवसायी नरेन्द्र भट्ट जो हिमालयन उद्दार संघका पूर्व अध्यक्ष थिए, र हिमालयन होटेलकी सिर्जना राणा रहेकी छिन् ।

तर, मन्त्री सुदन किराँतीले यीमध्ये कसलाई सिइओ बनाउने हुन् त्यो भने एकिन छैन । चारजना व्यवसायीले इच्छा देखाए तापनि मन्त्री किराँतीले कसलाई नियुक्ति गर्ने हुन् भन्ने विषयमा जानकारी छैन । मन्त्री किराँतीले पर्यटन क्षेत्रलाई जतिसुकै चलायमान बनाउछु भने तापनि यस क्षेत्रको विकृति र विसंगतीको सुधार भएको छैन । कतिपय विदेशी पर्यटकहरु नेपालमा आएर विभिन्न हिमाल आरोहण गर्दासमेत कमिसनको खेल हुने गरेको छ ।

पर्यटन बोर्डमा अहिलेसम्म जति पनि सिइओ बने उनीहरुलाई भ्रष्टाचारको मुद्दा लाग्ने गरेको छ । त्यसको मुख्य कारण पर्यटन क्षेत्रमा ज्ञान र क्षमता भएको भन्दा पनि राजनीतिक आडमा अयोग्य मान्छे सिइओ बन्नु हो । देशको अर्थतन्त्रलाई टेवा पु¥याउन गतिलो आम्दानीको स्रोत मानिने पर्यटन क्षेत्रलाई विचौलिया र राजनीतिक कार्यकर्ताको भर्ती केन्द्र बनाउँदा पर्यटन व्यवसाय नै धरासाही बन्दै गएको छ । अहिले बोर्डको सिईओ बन्न खोज्ने व्यक्तिहरु पर्यटन क्षेत्रमा केही दख्खल भएका व्यक्तिहरु लागि परेका छन् । तर, मन्त्री किराँतीले पर्यटन बोर्डको सिईओमा बाहिरका व्यक्तिलाई सिइओ बनाउँछन् कि यिनै मध्येबाट नियुक्ति गर्छन् त्यो हेर्न बाँकी छ । यसमा राजनीतिक पूर्वाग्रहसँगै पैसाको चलखेल नहोला भन्न सकिँदैन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *