नेपालमा भ्रष्टाचारबाट प्रभावित नभएको कुनै क्षेत्र छैन तर पूर्वाधार बिकासमा भएका भ्रष्टाचारहरु भने सजिलै देखिन्छ र व्यापक चर्चामा पनि छन । जति भाँडा उति चुपुर्को भने जस्तै नेपालको पूर्वाधार बिकासमा स्थानिय तहको सरकारहरु देखि लिएर प्रदेश सरकार र संघिय सरकार सम्म संलग्न छन । यसप्रकारले धेरै सरकारी निकायहरु नेपालको पूर्वाधार बिकास गर्नमा लागेको भएतापनि नेपाल समृद्ध र नेपाली जनता सुखी बन्न सकेका छैनन् । नेपाल राष्ट्र र नेपाली जनता झन झन गरिव बन्दै गएर टाट पल्टिने अवस्थामा पुगेकाले दुखी भएकाछन ।
कागजमा पूर्वाधार बिकासको लक्ष समृद्ध नेपाल र सुखी नेपाली बनाउने भएता पनि अभ्यासमा त्यसको ठीक उल्टो हुँदै गएको छ । नेपालको पूर्वाधार बिकासमा भ्रष्टाचार हाबी भएको मात्र होइन भ्रष्टाचार नै त्यसलाई चलायमान बनाईराख्ने कारक तत्व बनीसकेको छ । पूर्वाधार बिकास परियोजनाहरुको छनौट चरण देखि नै भ्रष्टाचार हुने भएकाले नेपालमा बनेका पूर्वधारहरु समृद्ध नेपाल र सुखी नेपालीको लक्ष सित जोडिएका छैनन् । त्यो भ्रष्टाचार सित जोडिएको हुँदा तोकिएको बजेट र समयमा पुरा हुने गरेका छैनन् । त्यसकारण त्यस्ता पूर्वाधार बिकास परियोजनाहरु नेपाल राष्ट्र र नेपाली जनताको लागि उपयोगहिन भएर घाँडो मात्रै भएका छन् ।
यस्तो पूर्वाधार बिकास परियोजनाको ज्वलन्त उदाहरण राष्ट्रको प्राथमिकतामा परेको मेलम्ची खानेपानी परियोजना पनि हो । खर्ब लगानी गरीसकिएको उक्त पूर्वाधार बिकास परियोजना तीन दशक पार हुँदा समेत पनि अधुरो नै छ । एशियाली बिकास बैंकको ऋणमा बनेको उक्त पूर्वाधार बिकास परियोजनाले नेपाल राष्ट्र र नेपाली जनतालाई ऋणको भारी मात्रै बोकाएको छ ।
त्यसको उपयोग नेपाली जनताले राम्रो सित गर्न पाएको छैन । यस्ता बिदेशी ऋणको भारी मात्रै बोकाउने पूर्वाधार बिकास परियोजनाहरु कै कारण नेपाली जनता झन झन दुखी बन्दै गएकाछन । कागलाई वेल पाक्यो नहर्ष नबिष्मात भनेको जस्तै ठुला पूर्वाधार बिकास परियोजनाहरु नेपाली जनताको लागि नहर्ष नबिष्मात बन्दै आएकाछन । पूर्वाधार बिकास परियोजनाहरुको सुरुवाती चरणमा नै भ्रष्टाचार हुने भएकाले त्यसबाट नेपाल राष्ट्र र नेपाली जनतालाई लाभ भन्दा पनि हानी नै ज्यादा हुने गरेको छ । धेरै लगानी गरीसकेर पनि लामो समय सम्म पूर्वधार बिकासका परियोजनाहरु सञ्चालनमा नआउने हुँदा त्यसको बिकासमा गरिएको लगानी निस्क्रिय भएर बस्ने गरेकाछन । निस्क्रिय लगानी नेपाल राष्ट्रको लागि ठुलो बोझ बन्दै गएको देखिन्छ ।
त्यस्ता राष्ट्रको लगानीबाट आर्थिक उत्पादन हुन नसक्दा नेपाल राष्ट्रलाई सुको आम्दानी भएको छैन र राष्ट्रिय खर्च मात्रै बढाएर नेपाली जनतालाई झन झन दुखी बनाउँदै लगेकोछ । नेपालको भेरी बबई डाईभर्सन परियोजना पनि त्यस्तै एक पूर्वाधार बिकास परियोजनाको उदाहरण हो । टनेल बोरिङ मेसिनको प्रयोग गरी सुरुङ फटाफट बन्यो भने पानी फर्काउने मुहान अहिले सम्म बनाएर तयार हुन नसक्दा सुरुङ बनाउनुमा गरिएको ठुलो लगानी निस्क्रिय भएर बसेको लामै काल बिती सक्यो । त्यति पैसा नेपालको बैंकहरुमा नै राखेको भएपनि नेपाली जनता र नेपाल राष्ट्रलाई त्यसबाट प्राप्त गर्न सकिने व्याजबाटै धेरै लाभ पुग्ने थियो । नेपालको रेल मार्ग पूर्वाधार बिकास परियोजनामा गरिएको राष्ट्रको ठुलो लगानी पनि त्यस्तै प्रकारले निस्क्रिय भएर बसेको छ । टावरहरु बनाउन गरिएको राष्ट्रको लगानी पनि उत्पादनहिन निस्क्रिय लगानी नै हुन् ।
वास्तविक रुपमा भन्दा टावरहरु बनाउने कामलाई पूर्वाधार बिकासको काम मान्न पनि सकिन्न । टावरहरु बनाएर नेपाल राष्ट्रलाई समृद्ध र नेपाली जनतालाई सुखी कसरी बनाउन सकिन्छ भन्ने कुरा पुष्टी गर्न कठिन छ । सुनकोशी मरिन डाईभर्सन परियोजनाको सुरङ निर्माण अहिले धमाधम हुँदैछ । यो पनि भेरी बबई डाईभर्सन जस्तै अर्को परियोजना हो । बिजुली निकाल्ने देखि लिएर बागमती सिंचाई परियोजनाको मुहानमा पानी थपेर सिंचाई गर्ने सम्मको लक्ष उक्त परियोजनाको रहेको देखिन्छ । उक्त परियोजनाको सुरङ निर्माणको लागि पनि ठुलो लगानी गरी टनेल बोरिङ मेसिनको प्रयोग भईरहेको छ ।
भेरी बबई डाईभर्सन परियोजनाको निर्माणमा टनेल बोरिङ मेसिनको प्रयोग गर्दा कुनै रुकावट आएन तर यता सुनकोशी मरिन डाईभर्सन परियोजनामा भने रुकावट आएको हुँदा पूजापाठ र देबी देउतालाई भाकल सम्म गर्नु पर्ने अवस्था आइलागेको छ । विश्वकर्मा भगवानको पूजा गरिएको छ भने चाईनिज ईन्जिनियरले समेत चीनमा पनि त्यस्तो पूजाआजा गर्ने गराउने चलन छ भनेकाछन । वास्तवमा महाभारत पाहाडको कमजोर भूगोलले गर्दा यस्तो दुर्घटना भएको हो । उक्त पूर्वाधार बिकास परियोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजनाको रुपमा निर्माण गरेको भएतापनि उक्त परियोजनाले नेपालको राष्ट्रिय गौरवलाई बढाउने हो कि डुबाउने हो भन्ने बारे कुनै निश्चितता छैन ।
लामो अध्ययन र अनुसन्धान पश्चात मात्रै यस्ता पूर्वाधार बिकास परियोजनाहरुको बिकासमा हात हाल्नु पर्नेमा नेपालमा राजनीतिक निर्णयबाट नै यस्तो काम हुँदै आएको छ । त्यस्ता पूर्वाधार बिकास परियोजनाहरुको उदाहरण धेरै छन तर ताजा उदाहरणहरुलाई लिनु पर्दा पोखरा र भैरहवामा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई नै लिन सकिन्छ । उक्त पूर्वाधार बिकास परियोजनाहरुले राष्ट्रको खर्च भने ह्वात्तै बढाएकाछन भने राष्ट्रको आम्दानी बढाउनमा भने कुनै योगदान पुगेको छैन । बिदेशीको ऋण लगानी गरी बनाएका त्यस्ता पूर्वाधार बिकासका परियोजनाहरुको साँवा व्याज भुक्तानी गर्न कै लागि पनि थप बिदेशीको ऋण लिन पर्ने स्थिति अहिले नेपालमा बिकसित भएकोछ । पूर्वाधार बिकास परियोजनाहरुलाई राजनीतिक दलहरुले नेपालमा भ्रष्टाचार गर्ने माध्यम बनाएका छन ।
कमिसन खान कै लागि मात्रै फाल्तु पूर्वाधार बिकास परियोजनाहरु बनाएर त्यसको कार्यान्वयन गर्ने चलन दलका शीर्ष नेताहरुले नेपालमा चलाएका छन । यस्ता पूर्वाधार बिकास परियोजनाहरुको सवै भन्दा पछिल्लो ताजा उदाहरण डाँडा डाँडा र मैदानको ढिस्को ढिस्कोमा टावरहरु बनाउने हो । यस्तो पूर्वाधार बिकास परियोजनाहरुबाट राष्ट्रलाई पुग्ने हानी नोक्सानी वा फाईदा वेफाईदा बारे विज्ञहरुबाट परिक्षण गराईएको हुँदैन । नेपालको लागि आवश्याकता नभएको परियोजनाहरु बिदेशीका दलालहरुको प्रभावमा परी स्वीकार गर्ने कुराहरु नेपालमा सामान्य भइसकेका छन् ।
दलका नेताहरुले पाए सम्म ठुला पूर्वाधार बिकास परियोजनाहरुमा त्यसो गर्दछन भने साना पूर्वाधार बिकास परियोजनाहरु निजामती कार्मचारीका हाकिमहरुले नै भ्याईदिन्छन । तसर्थ नेपाल राष्ट्र र नेपाली जनता यतिबेला दोहोरो भ्रष्टाचारको चापमा पर्दै आएकाछन । कहिले दलका नेताहरुले मात्रै, कहिले निजामती कर्मचारीका हाकिमहरु ले मात्रै र कहिले दुवै पक्ष दलका नेताहरु र निजामती कार्मचारीका हाकिमहरु मिलेरै पनि नेपालको पूर्वधार बिकास परियोजनाहरु बनाउदा भ्रष्टाचार गर्ने वा गराउनको सक्रिय हुने गर्दछन । नेपालका राजनीतिक दलहरु फरक शिद्धान्तका भएपनि भ्रष्टाचार गर्ने र बाँडचुड गरी खाने कुरामा एक ढिका हुन्छन ।
नेपाल सरकार कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको भएपनि नेपालमा काँग्रेस कै अर्थनीति सदाबाहार चल्दै आएको छ । तर त्यस्तो स्वतंत्र बजार अर्थतंत्र उपयोगी हुने वतावारण भने नेपालमा कहिले पनि बन्न सकेको छैन । दलहरु सत्तामा आएको दिन देखि नै व्यापारीहरु र व्यवसायीहरुले बिभिन्न राजनीतिक दलहरु भित्र प्रवेश गरी त्यसको नीति, व्यवहार र अभ्यासलाई अफु अनुकूल बनाउन सफल भएका छन ।
दलका शीर्ष नेताहरुलाई व्यापारीहरु र व्यवसायीहरुले आर्थिक लोभमा पारी आफ्नो व्यापार र व्यवसायलाई चम्काउने सफलता पाएका छन् ।
भाटभटेनीको मालिक मीन बहादुर गुरुङ्गले त्यसरी नै आफ्नो व्यापार बढाएर नेपाल भरी नै २५ वटा शाखा सहितको भाटभटेनी डिपार्टमेण्टल स्टोर्सको चेन खोल्न सफल भएकाछन । त्यसैगरी चौधरी समूहका मालिक विनोद चौधरीले पनि नेपालबाट गैरकानुनी तरिकाले बिदेशमा पैसा लगेर लगानी गरी संसार कै धनी मान्छेको सूचिमा आफुलाई पारेकाछन । उहाँले कर छुट भएका मुलुकहरुमा नक्कली कंपनीहरु खोलेर नेपालबाट त्यता गैरकानुनी तरिकाले पैसा लाने धन्दा नै चलाएकाछन ।
नेपालमा आफु सित भएको कालोधनलाई पहिले उता लगेर अनि त्यसपछि बिदेशी प्रत्येक्ष लगानी भन्दै सोही पैसा नेपालमा ल्याउने गरेकाछन । अजय सुमार्गी समूहले पनि उहिले यस्तै धन्दा चलाएको थियो तर आज भोली अजय सुमार्गीको शीर्ष नेता प्रचण्ड सित जोडिएर चर्चा हुन छाडेको छ । नेपालका व्यापारीहरु र व्यवसायीहरु आफ्नो कालो धन्दालाई जोगाएर निरन्तर चलाउन कै निमिक्त दलका शीर्ष नेताहरु सित संबन्ध गाँसेर बसेका हुन्छन् ।
कतीपय त्यस्ता व्यापारीहरु र व्यवसायिहरुले राजनीतिमा सफलता पनि पाएकाछन भने असफल भएकाहरु पनि छन । असफल भएको उदाहरणमा हाल जेलमा भएका इच्छाराज तामाङ पनि हुन । विनोद चौधरीलाई सफल वा असफल भन्ने बेला अहिले नै भएको छैन । टैक्स हेभेन भएको बृटिस भर्जिन आईलैंड जस्तो मुलुकहरुमा नक्कली कंपनीहरु आफ्नै वा आफ्नो नातेदारहरुको नाममा खोली नेपालमा जम्मा भएको कालोधनलाई पहिले गैरकानुनी तरिकाले त्यता लगेर त्यसपछि बिदेशी लगानी भन्दै नेपालमा सफेद धन बनाएर ल्याउने चलन पुरानो नै हो । विनोद चौधरी लगायतको यस्तो धन्दा भएको भेद् पहिले नै खुलीसकेको छ । विनोद चौधरीले राजनीतिमा प्रवेश गरेसंगै चौधरी समूहको चीरफार गर्ने काम पनि सुरुवात भएको हुँदा अव कि वार कि पारको स्थिति चाँडै बन्ने संभवान बढेको छ ।
पूर्वाधार बिकास परियोजनाहरुको सफलता र असफलतामा क्लाईन्ट, कन्सल्टैंट र ठेकेदारको महत्वपूर्ण भूमिका रहन्छ । नेपालमा अहिले भ्रष्टाचार बढेकाले गर्दा यो तीन पक्षका बिच सन्तुलन बिग्रिएको हुँदा नेपालमा बनेका पूर्वधार परियोजनाहरुको गुणस्थर र उपयोगिता नराम्रो सित खस्किएको छ । कन्सल्टैंट र ठेकेदार माथि क्लाईन्ट हाबी भएको स्थितिले गर्दा नेपालको पूर्वाधार बिकास परियोजनाहरुमा भ्रष्टाचारले ऐंजेरुले रुखहरुलाई गाँजे झै झन झन गाँज्दै लगेकोछ । यसको परिणाम भनेको नेपाल आर्थिक संकट बढेर नेपाली जनताले दुःख पाउनु र मुलुक आर्थिक रुपले टाट पल्टनु नै हो ।