माधव नेपाल संकटमा !

राजनीति समाचार

काठमाडौं । एमालेबाट चोइटिएर गएपछि संगठन बनाउन कसैलाई चासो नदेखिएको एकीकृत समाजवादीभित्र पार्टी अध्यक्ष माधव नेपाललाई घेराबन्दीमा पारिएको छ । नेपाल पक्षधर राजेन्द्र पाण्डे, मेटमणि चौधरी, ठेकेदार किसान श्रेष्ठ, प्रेम आलेले मन्त्री बनाउन अध्यक्ष नेपाललाई दबाब दिइरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला अप्ठेरामा परेका छन् ।

बालकुमारी घटनामा मन्त्री ज्वालाको कमजोरी देखिएका कारण उनलाई हटाउन दबाब परेको छ । मन्त्रालय चलाउन नसकेका, सडकको ठेक्का पुरा गरेकालाई भुक्तानी दिन नसकेका मन्त्री ज्वाला बालकुमारीमा झण्डासहित नगएको भए त्यो घटना हुने थिएन । सरकारले कोरियन भाषा परीक्षामा बन्देज लगाउने काम गरेर मुलुक प्रतिको दायित्व पुरा गर्न सकेन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको राजर्षि शैलीलाई चिर्दै खडा भएको नेकपा एकीकृत समाजवादीको बाटो पनि नेकपा एमालेको भन्दा फरक छैन ।

त्यसैकारण, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालका बिचमा पनि विवाद चर्किँदै छ । अध्यक्ष नेपाल वैशाखमा हुने पार्टीको आठौं महाधिवेशनको तयारीमा छन् । यो बेला संगठन विस्तारतर्फ ध्यान दिने कोही छैन । महासचिव घनश्याम भुसालको सिद्धान्तले गति लिएको छैन । एक वर्षपछि मन्त्री फेर्ने सत्ता गठबन्धनको आन्तरिक सहमतिमाथि कांग्रेसले घात गरेको छ ।

कांग्रेसका अर्थ, परराष्ट्र, स्वास्थ्य, उद्योग मन्त्री यतिबेला बद्नाम छन् । स्वास्थ्य मन्त्री मोहन बस्नेतले वीर अस्पतालमा आतंक मच्चाएका छन् । माओवादीबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठको सक्रियता भने राम्रो छ । भ्रष्टाचारको विरोध गर्ने, भित्र भित्र कमिशन र दलालको चपेटामा परेकाहरुबाट पार्टी सफल हुने अवस्थामा अरु त भएन, एकीकृत समाजवादी पनि भएन भन्ने कुरा छर्लंग हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *