२१ वर्षीया युवती होटलमा मृत फेला

समाचार

तिलोत्तमा । बुटवलको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छन् । बुटवल उपमहानगरपालिका–३ मा रहेको होटलमा बुटवल–२ की २१ वर्षीया सदीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति एक युवकसँग होटलमा आइ बसेकी उनलाई शनिबार मध्याह्न कोठा चेकआउट गर्न भन्दै जाँदा होटल साहुले झुन्डिएको अवस्थामा देखेका थिए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेर शव निकालेको हो ।

शव परिवारले पहिचान गरेको र पोस्टमार्टमका लागि अस्पतालमा राखिएको केसीले बताए । सँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *