अख्तियार मौन : शक्तिका आडमा उम्किँदै भ्रष्टहरु

राजनीति समाचार

काठमाडौं । पूर्व सचिव जति धमाधम अख्तियारमा डामिने,बहालवाला सचिवलाई क्लिन चिट दिने धन्दा चलिरहेको छ । मेलम्ची खानेपानी परियोजनामा पूर्व सचिवहरु भीम उपाध्याय,गजेन्द्र ठाकुर र सञ्जय शर्मा लगायत डामिएका छन् । अध्यागमनको महानिर्देशक रहेका माओवादी निकट मानिएका नुवाकोटे प्रशासक रुद्रमान सिंह तमाङलाई क्लिन चिट दिनकै लागि मुद्धा चलाइएको हो भन्नेहरु छन् ।

यस अघि ललिता निवास जग्गा प्रकरणमा पूर्व सचिवहरुलाई दोषी करार गरिएको छ । यो प्रकरणमा पूर्व सचिव दीप बस्नेतलाई दोषी करार गरिएको छ । टेरामेक्स प्रकरणमा मुद्धा चलाइएका बहालवाला सचिव मधु कुमार मरासिनीले क्लिन चिट पाइसकेका छन् ।

मुद्धा चलेको तीन महिनासम्म पनि मुख्य सचिव बैकुण्ठ अर्यालले उनलाई निलम्बन गरेनन् कारण उनलाई निलम्बन गर्दा यही प्रकरणमा भोलि आफू पनि अप्ठ्यारोमा पर्ने बैकुण्ठले बुझेका थिए भन्छन् प्रशासकहरु । यस्तै ललिता निवास जग्गा प्रकरणमै मुछिएका अर्काे बहालवाला सचिव कृष्ण राउतले पनि क्लिन चिट थमाइएको छ । यही प्रकरणमा मुछिएका सहसचिव सुशील वैद्य,६० किलो सुन प्रकरणमा डामिएका झलकराम अधिकारी सबैलाई सुन पानी लगाएर चोख्याइएको छ । नक्कली लाइसेन्स प्रकरणका मुख्य नाइके मानिएका नारायण भट्टराईलाई नारायणकाजी श्रेष्ठको मन्त्रालयको हर्ताकर्ता बनाइएको छ ।

उनी यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा प्रकाश ज्वालाले यो प्रकरण अगाडि बढाउन,सिआइबीको टोली त्यहाँ पठाए पछि खेलोमेलो बन्द भएका कारण उनी त्यहाँबाट सरुवा भएर गृह पुगेका हुन भनिन्छ । त्यही प्रतिशोध स्वरुप अहिले ललितपुरमा भएको गोली काण्डमा प्रकाश ज्वालालाई दोषी करार गरेको थियो उनको प्रतिवेदनले ।

यो प्रकरणमा पनि बहालवालालाई जोगाएर घर गएका रुपनारायण भट्टराईहरुलाई मात्र दोषी करार गरे अनोठौं नमाने हुन्छ भन्दैछन् । कानुन अनुसार गर्ने हो भने मधु मरासिनी निलम्बित भइसक्नु पर्ने थियो तर अख्तियारले दुई पटक पत्र लेख्दा समेत उनलाई मुख्य सचिवले निलम्बन गरेनन् । मुख्य सचिव अर्यालले अझैंसम्म पनि टेकनारायण पाण्डेलाई निलम्बन गरेका छैनन् । पाण्डेको नाम अझैं पनि प्रधानमन्त्री कार्यालयमा हेर्ने हो भने अतिरिक्त समूहमा राखेको देख्न पाइन्छ ।

उसो त शक्तिकेन्द्र रिझाउन सिपालु मानिन्छन् मरासिनी । जागिर खाँदा कहिल्यै अनाकर्षक कार्यालयमा बसेनन् । हुलाकको जागिरे हुँदै विदेश पढ्न गए । झण्डै १३ बर्ष विदेशमै बसेर पढे । एडिवीमा जागिर खाए । अर्थ कै वैदेशिक महाशाखामा बसे । महावाणिज्यदूत खान जानु अघि विदेशस्थित नियोगहरुको करिव २०० प्रतिशत वैदेशिक र पारिवारिक भत्ता बृद्धि गरे र चार बर्षका लागि महावाणिज्य दूत लिएर गए सरकारले दुई बर्षमै फिर्ता बोलायो ।

महालेखा नियन्त्रक हुँदा उनले नेशनल पेमेण्ट गेट वे सञ्चालन गर्नलाई निकै दवाव दिएका थिए । अर्थ सचिव खाए पछि भाइ शम्भूलाई मालदार कार्यालयमा पठाए । अर्र्थमा तानेर भन्सार कार्यालय, मझौला करदाता कार्यालय लगायतका मालदार अड्डामा राख्न सफल भए । यसरी यी चल्तापूर्ता सचिव फेरि पदमै फर्कन सफल भएका छन् । रुद्रमान सिंहहरु पनि यसैगरी फर्किए अनौठो नमाने हुन्छ भन्दैछन्,सामान्यका कर्मचारीहरु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *