कांग्रेसको कारण गठबन्धन भत्किँदै !

राजनीति समाचार

काठमाडौं । मन्त्री जागिरे होइन, जनताको बिचमा काम गर्ने हो । एमाले आफ्नो कुरामा घमण्ड प्रदर्शन गर्दछ । संसदका महासचिवको दुईवटा नागरिकता, तीनवटा पासपोर्ट भएपनि एमालेले साथ दियो । राष्ट्रपति लामो समयसम्म रोकेको संसदका महासचिव पदम पाण्डे एमालेको प्रिय थिए । त्यसैकारण महासचिवको बलमा एमाले रमाएको छ । वातावरण वामपन्थी मोर्चाको छ ।

तर त्यो वातावरण बनाउने दायित्व लिएको नेकपा एमालेलाई चासो छैन । जनताले एमाले माओवादी बिचको गठबन्धन बिना वामपन्थी ठूलो शक्ति बन्न सक्दैन । कांग्रेसले जसको खायो उसैको घर उडाउने काम ग¥यो । कांग्रेसभित्र पुरातन शैलीले ठाउँ पाएका छन् । धर्मनिरपेक्ष राज्यमा हिन्दू धर्मको ठेक्का लिएका सांसद शंकर भण्डारीदेखि डा.शशांकसम्मले पार्टी महासमिति बैठकमा सनातन हिनदू धर्मको पक्षमा हस्ताक्षर संकलन गरेर गणतन्त्रमाथि नै प्रहार गर्दैछन् । पार्टी संस्थापनले चासो नदिएको सांसद शंकर भण्डारी, स्व.खुमबहादुर खड्काका विश्वासप्राप्त हुन् । राजनीतिमा छलकपट र हेपाहा शैली कसैले मन पराउँदैन । कांग्रेस आफैबाट ठूलो बन्ने अवस्था छैन ।

कांग्रेसले भ्रष्टाचार नियन्त्रण गर्दैन । बरु खुलमखुला भ्रष्टाचार गर्छ । जनता र राष्ट्रको बद्नाम गर्न सफल छ । कांग्रेस गठबन्धनबाट ठूलो दल भएर मातेको छ । माओवादीमात्र होइन, जसपा, नेकपा, एकीकृत समाजवादी कांग्रेसबाट सशंकित बन्दैछन् । पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट भने देउवा छुद्रता छैन । छुद्र भएका गगन र डा.शेखर नै हुन् ।

यिनले सांसदको चुनाव लड्दा माओवादीकै भोट प्राप्त गरी जितेका हुन् । गुन नहुनेलाई लर्गाको गुनको अर्थ छैन । अबको चुनावमा यी दुबैलाई हराउने गरी वामपन्थी मोर्चा बन्नुपथ्र्याे । तर एमालेले माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपा चन्द बिचमा बनेको समाजवादी मोर्चालाई स्वीकारेको छैन । उसको लागि नेकपा चन्द र माधव नेपालको पार्टी अस्वीकृत भएका हुन् । चन्द संसदमा छैनन्, एकीकृत माधवको नेतृत्वमा छ । माधवलाई एमाले कमजोर बनाउन प्रयोग भएको अध्यक्ष ओलीको ठम्याई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *