प्रधानमन्त्री प्रचण्डले भ्रष्ट मन्त्री बोक्दै

राजनीति समाचार

काठमाडौं । कहाँ के बोलिन्छ ख्याल नगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल बेलाबखत फस्ने गरेका छन् । सरकारलाई गति दिन नसक्दा जनताले माओवादीप्रतिको क्रेज घटेको देखेकै छ । मधेश प्रदेशका नेताकै लडाइँले मातृका यादव, गिरिराजमणि पोखरेलले चुनाव हारेका हुन् । माओवादी तनहुँ क्षेत्र नं. १ मा पनि अब कहिल्यै चुनाव जित्ने देखिँदैन । त्यहाँका सुरेश आलेमगर र श्रीराम ढकाल प्रचण्डको शुद्ध दलालीमा रमाए । जिल्लाको संगठनलाई चासो दिन छाडेपछि माओवादी समाप्त भएको छ । सत्ता गठबन्धन बलियो बनाउन प्रचण्डले सिके राउतको जनमत पार्टीलाई संघीय मामिला मन्त्रालय सुम्पेर आफ्नै पार्टीका अमनलाल मोदीको झण्डा खोसेको फल कोशी प्रदेशमा माओवादी उम्मेद्वार पराजित हुनुप-यो ।

प्रधानमन्त्रीलाई मन्त्री मण्डलको सेट फेर्ने मन छ । कांग्रेसले गृह ताकेको छ । गृहमा नारायणकाजी श्रेष्ठले काम देखाउँदा कांग्रेसीहरु नै जोडिएका छन् । राजस्वको सवालमा अर्थमन्त्री प्रकाश शरण महत असफल भए भने कालोबजारी र महंगीमा आपूर्ति मन्त्री रमेश रिजाल लथालिंग छन् । आयुर्वेदमा मेडिकल डाक्टर पठाउने, स्वास्थ्य सेवा भिवागमा आयुर्वेदका डाक्टर पठाउने, वैद्यखानामा स्वास्थ्य (मेडिकल) डाक्टर पठाएर मोहनले चमत्कार गर्दा कांग्रेसका डाक्टर शशांक र शेखरले त्यतातिर ध्यान दिएका छैनन् ।

प्रधानमन्त्रीलाई कुर्सीको मोह उस्तै छ । कांग्रेसी भ्रष्टहरुले माओवादीलाई अत्याएर सरकारलाई एकाएक नालायकसिद्ध गर्दा भोलि जनताका बिचमा कसरी जाने हुन् प्रश्न उठेकै छ । प्रधानमन्त्रीले माओवादीका सबै मन्त्री फेर्ने तयारीमा छन् । एकीकृतका दुई मन्त्री पनि बद्नाम हुन् । तिनलाई हटाउन पार्टी तयार छ । जसपाले पनि आफ्ना दुबै मन्त्री फेरेर अरुलाई मौका दिने भन्दैछ । सिके राउतको गतिविधि झण्डा हल्लाउने भएन । मन्त्री पद राउतका लागि बोकाको मुखमा कुभिण्डो भएको कुरा मधेश प्रदेशको सरकारको वर्षदिनको कार्यक्रमले देखाएको छ ।

अरुले लेखेर दिएको शुद्धसँग बोल्न नसक्ने पात्रलाई मन्त्री मण्डलमा पठाएर सिके राउतले लोकतन्त्रकै धज्जी उडाएका छन् । जबकी मधेश सरकारमा त्यो पार्टीले दुई मन्त्री पाएर पनि काम देखाएन । सरकारले राम्रो काम गर्दा साथ नदिने गठबन्धनमा माओवादी कांग्रेसका भ्रष्ट जत्थाको सारथी किन बन्छ ? प्रचण्डलाई पदको लोभ छ । कांग्रेसका सभापतिदेखि १० सिटे पार्टीका अध्यक्ष माधव नेपालसमेत लोभिँदा छैठौं पटक प्रधानमन्त्री बन्ने लहरमा रहेका शेरबहादुरलाई लोभ किन हुँदैन ? देउवाले प्रचण्डलाई दुई वर्ष बिताउन बाध्य पार्दैछन् । अहिलेको सरकारको असफलताको अपजस कम्युनिष्टले पाउँदा काग्रेस रमाएकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *