गगन उफ्रिए, शंकर हच्किए !

राजनीति समाचार

काठमाडौं । गठबन्धन गरेर ठूलो दल भएको कांग्रेसमा युवाहरुको दबाबको कुनै अर्थ छैन । संविधानको रक्षा संसदको सुरक्षा संघीयताको सुदृढीकरण नै वर्तमान गठबन्धन हो । कांग्रेसलाई जताततै अवसर चाहियो । घात गर्ने इतर पक्षका डा.शेखर र गगन ठुलो बन्न आवश्यक छैन । उपसभापति धनराजको विगत सबैलाई थाहा छ । हिन्दुत्वको एजेण्डा बोकेका शंकर भण्डारीको विगत कुन राजनीतिक संस्कार थियो । जहाँ मिनकृष्ण महर्जन, रोज राणाजस्ता गुण्डाका नाइकेहरुसँग गणेश लामा थपिएकै छन् । विगतका गुण्डाहरुले कांग्रेसी ओत लिँदा सिद्धान्त निष्ट भनिएको शेखर गुटको उफ्राईले तुक राख्दैन । तर कुर्लेकै छन् ।

महामन्त्री गगनले कांग्रेसका मतदातालाई कांग्रेसलाई मत दिनुपर्छ भनिरहँदा कुनै सिद्धान्त देखिएको होइन । पार्टीको नीति प्रधान हो । हिन्दूत्वको भोट लिन हिन्दु सनातन धर्मको कुरा ल्याउने माननीय शंकर भण्डारीले स्व.खुमबहादुरको योजना बोकेका हुन् । उनी आँफै राजनीतिज्ञ भने होइनन् । पार्टीको महाधिवेशन चुनाव अगावै हुने हो ।

अब दुई वर्षमा पार्टीको चुनाव हुन्छ । संसदको चुनाव, स्थानीय तहमा ठूलो छ । चार प्रदेशमा कांग्रेस सरकारमा छ । तर गठबन्धन थिएन भने कांग्रेस ठूलो कसरी भयो ? सभापति देउवाले ५ वर्ष पुरा संसद टिकाउन पनि गठबन्धन हुने बताउँदा महासमितिमा गठबन्धन गर्न हुँदैन भन्ने डा.शेखर समूह हिस्समा प¥यो । यो समूहको आडमा पदाधिकारी थोरै छन् । केन्द्रीय तहमा अल्पमत संसदमा अल्पमत भएर पनि बहुमतको ¥याइँ ¥याइँ किन ? कोइराला वंश परिचय यही हो ।

शंकर डुक्रिने मात्र हुन् । शंकरको पछाडि एका कार्यकर्ताको शैलीले पार्टी जनतामा भिज्दैन । विकासे कुरा गर्ने राज्यबाट आयोजना नजाने बजेट नहुने गाईजात्रा कांग्रेसमा छ । महामन्त्री गगन र विश्वप्रकाशका कुरा मिल्छन् । तर समयकाल परिवेशको बाध्यतामा विश्वप्रकाश जति स्वीकार्छन् गगन थापा उग्र हुन्छन् । यिनै नेताको निर्वाचन क्षेत्रमा कांग्रेस कहाँ कस्तो अवस्थामा छ जनताले भन्छ । एमाले र कांग्रेसको लुटेरा शैलीमा भिन्नता छ ।

एमाले सरकारी सम्पत्ति माफियालाई सस्तोमा दिन्छ र आफु कमिशन खान्छ । राजस्वमारासँग मिल्छ । यिनले भ्रष्टाचार नियन्त्रणको शब्द बोले ? कांग्रेसभित्र सरकारमा जाने र लुट्ने काम भएको छ । प्रदेशका चार प्रमुख मन्त्री छन् । तिनले आफ्नै प्रदेशको योजना र विकास जनतामा पु¥याएका छैनन् । गुटगत रुपमा डा.शेखरले कोशी कब्जा गर्दा एमालेको सहारा लियो, समर्थन गठबन्धनले गर्नुप-यो ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा के गति छ कांग्रेसले त्यो बुझ्दैन । किनकि भ्रष्टाचारमाथि प्रहार गर्दा डा.शेखर किन एकाएक डुक्रिए महामन्त्री गगनको फूर्ति किन बढ्यो मिसन २०८४ मा सम्भावित गठबन्धनले दिने परिणामले ज्ञान दिने बताउने कांग्रेस भित्रै धेरै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *