काठमाडौं ।आज बिहान साढे ८ बजेतिर फेसबुकको वेबसाइट खुलेको छ । डाउन डिटेक्टरका अनुसार फेसबुकमा गएराति ११ बजेदेखि नै प्रयोगकर्ताले समस्या आएको रिपोर्ट गरेका थिए । बिहीबार बिहान ८ बजेदेखि समस्या भएको भनेर रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या ११ हजार पुगेको थियो ।
ब्राउजुरमा फेसबुकको वेबसाइट खोल्न खोज्दा सन्देश डिस्प्लेमा समस्या देखिएको र त्यसलाई समाधान गर्ने प्रयास गरिरहेको भएको थियो । तर अहिले भने फेसबुक खुलिरहेको छ । के समस्याले नखुल्ने भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।