काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको इज्जत बचाउन र मधेसका नेता जसपाका उपेन्द्र यादवको स्वार्थमा खुलेको मोर्चा संकटमा परेको छ ।
मोर्चासँग जोडिएका उपेन्द्र यादव सत्ताको बार्गेनिङमा छन् । यादव पद र कुर्सी बिना मधेसमा राजनीति गर्न सक्दैनन् । यिनै यादवले जसपा नेपाल फुटाएर एमालेमा सात जना सांसद भित्र्याएर ठूलो पार्टी बन्ने दाउमा थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको ललिपपमा यादव फसेका छन् ।
तीन दिन अगाडिसम्म सार्वजनिक जमिन सकिन्छ, मधेसको मुसहर डोम चमार जस्ता गरिबमाथि अत्याचार हुन्छ भन्ने महन्थ ठाकुरको लोसपा एकाएक सत्ता र कुर्सी जोगाउन लाग्नु नै मधेसी दलहरूको पहिचान बन्न पुगेको छ । जसपाका उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयकमा मधेशको मुख्यमन्त्री र आफू उपप्रधानमन्त्री तथा गृह भौतिक योजना वा स्वास्थ्यमन्त्रीको बार्गेनिङ गर्दैछन् ।
मुखले सत्ता केन्द्रित होइन भन्ने व्यवहारमा सत्ता केन्द्रित देखाई रहेका छन् । उपेन्द्र यादवको उद्देश्य यस्तो बनेको छ । सरकारलाई साथ नदिएको फल रास्वपाका सभापति रवि लामिछानेले भोगिरहेका छन् । उपेन्द यादवकै कारण रौतहटमा (२७ जनाको ज्यान गएको थियो । सरकारले त्यो जघन्य अपराधमा जोड्यो भने कांग्रेसका मोहम्मद अफ्ताब आलम काण्डको झैं आफु फस्ने डर उपेन्द्रलाई छ । उनकै पहलमा बनेको समाजवादी मोर्चा छोड्दा बरु केही भएन, तर सत्ताको दाबेदार हुन पुगेका छन् ।
यादवको पार्टीभन्दा संघीय संसदमा अशोक राईको जसपा ठूलो छ । प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आदेश दिएर अशोक राईको पार्टीलाई स्थापित गराएका हुन् । राईले गलत कामको बिरोध गर्दैनन् । सरकारका गलत कामको बेलाबखत विरोध गर्ने उपेन्द्रको अस्तित्व रक्षा गर्नको लागि पनि समाजवादी मोर्चा जरुरी छ । एकीकृत समाजवादी पार्टी आफै संकटमा परेको छ । एकीकृत समाजवादीले मिसन २०८४ मा एक्लै चुनाव लड्ने भनिरहेको छ । तर कार्यकर्ता भन्दा नेता धेरै भएकाले एकीकृत समाजवादीका नेता केन्द्रमा धेरै छन् । तर जिल्लामा गतिविधि शून्य अवस्थामा छ । यो गम्भीर अवस्थालाई बुझ्न नसक्दा समाजवादी मोर्चा समेत संकटमा परेको देखिन्छ ।