नयाँ गठबन्धनमा भागबण्डा मिलाउनै समस्या

राजनीति समाचार

काठमाडौं । नयाँ गठबन्धनबाट तीन मन्त्रीले आज दिउँसो ५ बजे सम्ममा शपथ खाने भएका छन् । अन्य पार्टीबाट कुन कुन मन्त्री हुने भन्ने यकिन भइसकेको छैन । भूमि तथा गरिबी निवारण मन्त्रालयमा एमालेबाट राजेन्द्र राई हुने सम्भावना बढेको छ ।

त्यस्तै, संघिय मामिला तथा स्थानिय प्रशासन मन्त्रालय पनि एमालेको भागमा पर्ने जस्तै देखिएको छ । त्यसैगरी अर्थ र गृहमा माओवादी रास्वपा, एमाले र माओवादीबीचको हानाथाप चलिरहेको छ । उता, रास्वपाले शहरी तथा भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय दाबी गरिरहेको छ ।

त्यस्तै, उपेन्द्र यादवले पनि उपसहित भौतिक मन्त्रालय दाबी गरिरहेका छन् । दाबी गरेता पनि अहिले भागबण्डा मिलिसकेको छैन । त्यसैगरी एकीकृत समाजवादी पार्टी पनि भनेजस्तो मन्त्रालय दिएको खण्डमा सरकारमा सहभागी हुने सम्भावना समाचार स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *