यस्तो छ, सशस्त्रका लेखापालहरुको नालीबेली

राजनीति समाचार

काठमाडौं । कर्मचारीहरुले भ्रष्टाचार गर्ने पनि विभिन्न तरिका रच्ने गर्दछन् । फरक तरिकाबाट भ्रष्टाचार गर्नेमा निजामति कर्मचारीदेखि सुरक्षा निकायसम्मका कर्मचारी पछि पर्दैनन् । कोही स्टोर किपरमा बस्ने अनि अफिस सञ्चालनको लागि विभिन्न मसलन्द खरिद, गाडी खरिद, फर्निचर खदिर, प्रिन्ट कागज, खाम, सेमिनार गोष्ठीका लागि झोला, स्टेशनरीलगायतको व्यवस्थापन स्टरकिपरले नै गर्दछन् ।

एउटा सरकारी कार्यालायल सञ्चालन खर्च वार्षिक न्यूनतम ५० लाखदेखि १ करोडसम्म हुने गर्दछ । ती सामान सप्लाई गरेबापत १० देखि २५ प्रतिशतसम्म कमिसन स्टोर किपरलाई आउने गर्दछ । अर्कोतिर लेखा शाखाका कर्मचारीहरुले त्योभन्दा बढी कमिसन माग्छन् । त्यस्तै गरी उच्च पदस्थ कर्मचारीले पनि छुट्टै कमिसन माग्ने गर्दछन् । लेखाका कर्मचारीहरुले अधिकांश ठेक्कादेखि विभिन्न सामान खरिद गरेको भुक्तानी दिँदा पनि कमिसन लिने गरेका छन् । त्यसको गतिलो उदाहरण बनेको छ सशस्त्र प्रहरी बल । सशस्त्रका लेखा प्रमुख सुरेश खतिवडा र डोलराज अर्याल मिलेर केन्द्रमा आउने सबै बजेट आफ्ना आसेपासेलाई मात्र खर्च गर्न लगाउने गरेका छन् ।

अर्याल आईजीपीका भाइ भएकोले पनि आर्थिक लाभको काम सबै आपैm गर्दै आएका छन् । अर्याल आईजीपीका भाइ भएकाले मान्छे गन्दैनन् । प्रधान कार्यालय, शाखा, विभाग, निर्देशनालय, महाशाखा र उपशाखाहरुमा दैनिक सरकारी कामको लागि गर्ने खर्चको रेखदेख पनि अर्याल आफैले गर्ने गरेका छन् । सरकारी कामको लागि खर्च गर्न पाउनुपर्ने दैनिक भ्रमण भत्ता, स्टेशनरी तथा इन्धनलगायतको सुविधाको खर्च अफिसलाई नदिई आफैले फर्जी बिल बनाएर खाने काम अर्यालले गरेको एक उच्च अधिकृत बताउँछन् ।

उनलाई आइजीपीका भाइ भएकाले पनि कसैले केही बोल्न नसक्ने पीडितहरु बताउँछन् । अर्यालले सशस्त्रको कल्याणकारी मातहत रहेको फ्यूल स्टेशन (पेट्रोल पम्प)का कर्मचारीहरुसँग मिलेमतो गरेर इन्धन विक्रीवितरण गरेबापत मासिक १८ देखि २० लाखसम्म घुस खाने गरेका छन् । यसमा अर्याल बिना खर्चको बिल देखाउने गर्दछन् ।

त्यो च्यानल मिलाउनको लागि पहिलाका कर्मचारीलाई हटाएर अहिले आफ्नो फेवरका कर्मचारी ल्याएका छन् । सरकारी कामको लागि इन्धन खर्च भएको बिल भुक्तानीको माग गर्दासमेत अर्याल आफू मातहत नरहेका पेट्रोल पम्पमा रहेका कर्मचारीलाई शारीरिक यातना दिएर आफैतिर भन्दै अपशब्द प्रयोग गर्ने गर्दछन् । सशस्त्रभित्र आईजीपीको नाममा पैसा खानेमा आइजीपी निवासका सप्रनानि गजेन्द्रदेखि एयरपोर्टका घुमुवा सप्रनाउ घिमिरेसम्मले खुलेआम पैसा उठाउने गरेको विशेष निगरानीबाट थाहा भएको छ । उनीहरु त्यहाँबाट कहिल्यै चेन्ज हुँदैनन् । किन कि राजु अर्यालय आइजीपी रहुन्जेल लालमोर लागेका कर्मचारी हुन् ।

त्यस्तै आर्थिक प्रशासनका प्रमुख कामु एसएसपी होम ज्ञावलीले देशैभरका लेखापालहरुबाट रकम असुली गर्ने गरेका छन् । आ–आफ्नो कार्यालयमा विभिन्न शीर्षकमा गएको बजेट खर्च गर्न पनि ज्ञावलीलाई सोध्नुपर्ने व्यवस्था गराएका छन् । खर्च गरेको ५० प्रतिशत रकम फिर्ता पठाउनुपर्छ भनेर नसोधी खर्च गरेमा लेखापालहरुले अर्को पटक लेखापालको जिम्मेवारी पाउँदैनन् । हरेक क्षेत्रमा आफू अब्बल रहेको, अरु कसैले केही नजानेको भन्दै सबैलाई सिकाउन खोज्ने सशस्त्रका यी अधिकृतले कर्मचारी प्रशासन शाखामा ४ वर्ष बस्दा ठूलो भ¥याङमा ५ तले बंगला बनाइसकेका छन् ।

तलब बाहेक अन्य आम्दानीको स्रोत नभएका ज्ञावलीले यत्रो बंगला कसरी ठड्याए ? ज्ञावलीले विगत ३÷४ वर्षदेखि नेपालमा भ्रष्टाचार गरेर कमाएको सबै पैसा अमेरिका पठाउने गरेको गोप्य सूचनाबाट खुल्न आएको छ । सुरक्षा निकायभित्रैबाट यति ठूलो भ्रष्टाचार हुँदासमेत सम्बन्धित निकायलाई अत्तोपत्तो छैन । अख्तियारदेखि सबै ठाउँमा पैसा खुवाएर भ्रष्टाचार गर्न ज्ञावली माहिर छन् । ज्ञावलीले घर र अफिस गरी आफ्नो व्यक्तिगत काम गर्न मात्रै १ दर्जनभन्दा बढी कर्मचारी राखेका छन् ।

व्यक्तिगत आम्दानीको काम मिलाउन छुट्टै कर्मचारी राख्ने ज्ञावली मात्रै छैनन् अन्य थुप्रै प्रहरी अधिकृतहरु छन् । ती अधिकृतहरुले यसरी अफिसियल कामबाहेक व्यक्तिगत कामको लागि राखेका कर्मचारीहरुले विभिन्न ठेक्का पट्टा, कार्यालयलाई आवश्यक सामग्री दरिद, ढुवानी र सरुवा बढुवामा कमिसनको लागि विचौलियाको भूमिका खेल्ने काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *