मन्त्री राईको आशा गर्दै खानेपानी मन्त्रालय

राजनीति समाचार

काठमाडौं । उपत्यका खानेपानी (केयुकेयल) लिमिटेडमा यतिखेर भद्रगोल भएको छ । केयुकेयलकै कर्मचारीको कारण उपत्यकावासीले खानेपानी राम्रोसँग पाएका छैनन् । काठमाडौं उपत्यकाभित्र पुराना पाइप मर्मत अथवा नयाँ पाइप नफेर्दा अधिकांश ठाउहरुँमा पानीको चुहावट भइरहेको छ । त्यसको व्यवस्थापन केयुकेयलले गर्न सकेको छैन ।

त्योसँगै बोडले सिइओ पनि नियुक्ति गर्न सकेको छैन । सिइओको प्रतिपस्र्धामा रहेका मध्येबाट डोलप्रसाद चापागाई, उमेश मरठ्ठा र अशोक कुमार पौडेलबीच प्रतिपस्र्धा भएको थियो । त्यो प्रतिस्पर्धाबाट छनोटमा परेका अशोक कुमार पौडेललाई नियुक्तिपत्र दिइएको छैन । बोर्डको सिइओ नहुँदा केयुकेयल भद्रगोल बनेको छ । तत्कालीन कामु सिइओ ज्ञानेन्द्र बहादुर कार्कीले पनि चलायमान बनाउन सकेका थिएनन् । कार्कीले नयाँ सिइओ आएपछि बोर्डको काम हुन्छ भन्दै पन्छिने गरेका छन् ।

पौडेललाई सिइओमा छनोट गरे तापनि उनीविरुद्ध मन्त्रालयमा उजुरी परेपछि नियुक्तिपत्र नदिएको बताइन्छ । गठबन्धन सरकारबाट मन्त्री बनेका राजेन्द्र राईले हालै खानेपानी मन्त्रालय सम्हालेका छन् । राईको कामले खानेपानी मन्त्रालय चलायमान हुन्छ कि भन्ने भनाई कर्मचारीको छ । तर, मन्त्रालय सम्हालेको पनि एक हप्ता वितेको छैन । केयुकेयलको सिइओ तीनै अशोक कुमार पौडेललाई बनाउँछन् कि नयाँ सिइओ लागि दरखास्त आह्वान गर्छन् त्यो पनि निश्चित छैन ।

खानेपानी मन्त्रालय कहिले माओवादी, कहिले मधेशवादी र कहिले कांग्रेसले सम्हाल्दै आए तापनि तीनै पार्टीका खानेपानीमन्त्रीले राम्रोसँग काम गर्न सकेका थिएनन् । त्यसकारणले गर्दा मेलम्ची खानेपानी आयोजना विवादमा पर्दै आएको थियो । अहिले एमालेको भागमा खानेपानी मन्त्रालय परेको छ । मन्त्री राजेन्द्र राइले मेलम्ची खानेपानी आयोजनादेखि अन्य खानेपानी आयोजनाको कामलाई कसरी अगाडी बढाउँछन्, भष्ट कर्मचारीलाई कसली तह लगाउँछन्, बेथिति र विसंगतिलाई कसरी रोक्न सक्छन् त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *