काठमाडौं । कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६ सय ९४ रकम अनुदान पाएका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म एक करोड ५८ लाख क्विन्टल उखुको एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ अनुदान रकम किसानलाई भुक्तानी गरिएको हो ।
नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि सरकारले अनुदान दिएको जिल्ला प्रमुख कार्यालयले जनाएको छ । सरकारले किसानलाई दिने अनुदान रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा बजेट तर्जुमा कै समयमा विनियोजन गर्ने र स्थानीय तह, चिनी मिल, किसान र भुक्तानी समिति सबैले उखु किसानलाई अनुदान दिने कार्यविधि पालना गरे अनुदान भुक्तानीमा समस्या नआउने समेत उल्लेख गरेको छ ।