खरिद नियमावली संशोधनमा आयोजनाको कामको प्रकृति हेरेर म्याद थपिने

अर्थ/वाणिज्य कर्पोरेट समाचार

काठमाडौं । निर्माण व्यवसायीलाई आयोजनाहरूको म्याद थप्न सहज हुने गरी खरिद नियमावली संशोधन गरिएको छ ।

१३औं नियमावली संशोधन भएको १४ महिनामा फेरि १४औं पटक नियमावली संशोधन गरिएको हो । सरकारले नै चासो देखाउँदै निर्माणमा प्रगति कम भएका आयोजनालाई समेत सहज हुने गरी नियमावली संशोधन गरेको हो ।

नियमावलीअनुसार अब आयोजनाको कामको प्रकृति हेरेर म्याद थपिनेछ । कुनै कारणले तोकिएको म्यादभित्र सम्झौता बमोजिम काम हुन नसके म्याद थप गर्नुको कारण खुलाउनुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।
नियमावली राजपत्रमा प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित सार्वजनिक निकायसमक्ष म्याद थपका लागि निवेदन दिइसक्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *