पशुपति क्षेत्र विकास कोष परिमार्जन गर्ने गरी मस्यौदा तयार

राजनीति समाचार

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने उद्घोष गरेका छन् ।

बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औं वार्षिक उत्सोव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताए । उनले अब चाडैं नै उक्त मस्यौदालाई चाडैं नै मन्त्रीपरिषद् हुँदै संसदमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहरको केन्द्रविन्दु रहेको बताउँदै उनले पशुपतिनाथले नेपालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल भएको बताए । मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानको रुपमा रहेको पशुपति नाथलाई थप व्यवस्थित गर्दै अघि बढ्ने प्रतिवद्धता समेत दोहोर्याए । पछिल्लो समय नराम्रा कुराको अत्याधिक प्रचार प्रसारका कारण राम्रा कुराहरु ओझेलमा परेको प्रति चिन्ता जाहेर गरे ।

पशुपति क्षेत्र कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले नराम्रा कुराको प्रचार हुँदा मुलुकबाट बौद्धिक व्यक्तित्वहरुको पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै मुलुक बनाउनका लागि बौद्धिक व्यक्तित्वहरुको आवश्यकता औल्याए । त्यसै गरी उहाँले विश्व सम्पादा सूचीमा सुचिकृत लुम्बीनी विकाष कोष र पशुपति विकास कोषबीच एक आपसमा सहकार्य सहित अघि बढ्न सुझाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *