रेशम चौधरी काठमाडौंस्थित प्रज्ञा भवनबाट पक्राउ

राजनीति समाचार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि नै उनलाई पक्राउ गरिएको हो । पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौंस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो । दुबै दलका नेता–कार्यकर्ता त्यहाँ उपस्थित भएका छन् । तर रेशम पक्राउपछि एकता घोषणा कार्यक्रम अन्यौलमा परेको छ ।

टिकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *