काठमाडौं । जुनै शासन आएपनि नेता भ्रष्ट र तस्कर हुँदा जनताको लागि कुनै उपलब्धि हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको १५ महिने कार्यकालको सुरुवात नक्कली भुटानी शरणार्थी प्रकरणले हल्लीखल्ली बनायो । तर डा.आरजु र मञ्जुजस्ता भ्रष्टहरु जोगाइँदा एमाले अध्यक्ष केपी ओलीका निकट भ्रष्ट व्यक्तिहरुले मुक्ति पाए । सत्तासँग जोडिएका कारबाहीबाट मुक्त हुने पूर्वाग्रहले देशको राजनीतिमा घृणा बढाइरहेको छ ।
कुर्सीको लागि जोसुकैसँग सत्ता गठबन्धन गर्ने माओवादीले भ्रष्टाचार र सुन तस्करी गरेर क्रान्तिकारीकै बेइज्जत ग¥यो । माओवादीले गरेको जनसेवा त्यही हो ? नारायणकाजी श्रेष्ठ सुरुमा भौतिक, पछिल्लो समय गृहमन्त्री भए । उनले थालेका कुनै पनि योजना सम्पन्न हुन नपाउँदै रवि लामिछाने जस्तो भ्रष्ट व्यक्ति उपप्रधान तथा गृहमन्त्री बनेर आएका छन् । जबकी उनी आँफै सहकारी ठगी, नागरिकता, पासपोर्ट काण्डमा सक्रियतापूर्वक लागेका पात्र हुन् ।
सरकारमा जो गएका छन्, तिनले देश लुटेकै छन् । शुद्ध कोही छैनन् । कांग्रेसलाई भ्रष्ट भनियो तर कांग्रेसभन्दा कम्युनिष्ट झन बढी भ्रष्ट भएर निस्किए । उपराष्ट्रपति नन्दबहादुर पुन कपनमा बंगुर पालेर बस्दा जग्गा भाडामा लिएर बस्थे । काठमाडौं ४ मा चुनाव लड्दा उनको जीवन साधारण थियो । उपराष्ट्रपति भएपछि पुनले दहचोकमा हवेली खडा गरेका छन् । सचिवालय नै तस्करी धन्दामा लाग्दा रोल्पाली पुनको हविगत देखियो । माओवादीप्रतिको क्रेज सकियो ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति जनताको चासो छैन । किनकी कार्यक्रम राम्रो ल्याउने योजना कार्यान्वयन नगर्ने परम्परा छ । त्यो परम्परा प्रचण्ड सरकारले पुरा गर्दैछ । रविको छवि, उपेन्द्रको व्यवहार, ओलीको शैली, माधवको बार्गेनिङजस्ता कुरालाई जनताको उपलब्धि भन्दा पनि परिवार मोहका नेताहरुको जमघट यो सरकारको लक्ष्य बनेको छ ।