गृहमन्त्रीको दिन गन्ती सुरु

राजनीति समाचार

काठमाडौं । सहकारी र वित्तीय संस्था सञ्चालकहरुले सर्वसाधारणलाई पैसा जम्मा गर्न लगाएर आफू मालामाल हुने र निक्षेपकर्तालाई सडकमा पु-याउने काम गर्दै आएका छन् । सहकारी र वित्तीय संस्था पीडितहरु पछिल्लो समय सडकमा भौतारिरहेका छन् । सहकारी पीडितहरु सडकमा भौतारिइँरहँदा सञ्चालकहरु पीडितहरुको पैसा लिएर दुबई, मलेसियालगायतका देशहरुमा अपार्टमेन्ट किनेर भाडामा लगाउने र विभिन्न व्यवसाय सञ्चालन गर्ने गरेर बसेका छन् ।

सहकारीले मात्रै निक्षेपकर्तालाई ठगेका छैनन् बैंक तथा वित्तीय संस्थाहरुले पनि विदेशमा अपार्टमेन्ट किन्नेदेखि विभिन्न व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । तर, राज्यका सम्बन्धित निकाय बेखबर जस्तै बनेर बसिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने र जिवी राईलाई सहकारी ठगीको आरोप लागिरेहको छ । एउटै आरोप लागेका रवि लामिछाने गृहमन्त्री बनेका छन् भने जिवी राई फरार छन् । गृहमन्त्री रविले सहकारी ठगी, मिटरब्याजी, सरकारी जग्गा हिनामिना, सुन तस्करी, मानव तस्करी जस्ता घटनामा संलग्न भएका व्यक्तिहरुलाई ठाउँको ठाउँ कारबाही गर्छु भने तापनि त्यसमा सफल हुने देखिँदैन ।

गृहमन्त्री रविले आफ्नो कालाकर्तुत खुल्ने डरले उनकै पाट्नर जीवी राईलाई पक्राउ गर्न सकेका छैनन् । सुनकाण्डमा मुछिएका माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेजस्तो गरेर छुट्कारा दिइसकेका छन् । किन कि महराले ‘म त सानो माछा भएँ, ठूलो माछाको पोल विस्तारै खुल्ने छ’, भनेपछि मरालाई स्वास्थ्यको कारण देखाएर छुटाइएको छ ।

महरालाई छुट्कारा दिनु भनेको ठूला माछा उम्काउनु हो । दोषी ठहरिएका महरालाई कारबाही गर्न नसकेपछि उल्टै गृहमन्त्री लामिछानेले आफूविरुद्ध समाचार नआओस भनेर छापामाध्यम र अनलाइन पोर्टलजस्ता सञ्चारमाध्यमलाई कारबाही गर्न ७७ जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएपछि बद्नाम हुन पुगेका छन् । अब गृहमन्त्री रविले तत्कालीन सञ्चारकर्मी हुँदा कहाँ कहाँ कसकसलाई ठगी गरेका छन् त्यसको रहस्य विस्तारै बाहिर आउने छ ।

त्यसकारण रास्वपाबाट गृहमन्त्री बनेका रविले सुरक्षा निकायलाई चलायमान बनाएर सुशासन कायम गर्न सक्ने अवस्था देखिँदैन । सुरक्षा निकायले पनि गृहमन्त्रीको निर्देशन पालना गरेको पाइँदैन । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर सहकारी ठगी केशमा रवि आफै पक्राउ पर्ने देखिन्छ । त्यसकारणले पनि गृहमन्त्री रविले जिवी राईलाई पक्राउ गर्ने सम्भावना छैन । यसकारण पनि गृहमन्त्रीको दिनगन्ती सुरु भएको देख्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *