विवादित गृहमन्त्रीले ठगी काण्डको पर्दाफास गर्लान् ?

राजनीति समाचार

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने नेपाल सरकारको गृहमन्त्री बनेका छन् । उनी सञ्चारकर्मी हुँदा विभिन्न भ्रष्टाचार र अनियमितताको समाचार सम्प्रेषण गरेर चर्चामा आएका थिए । खासगरी अवैध तरिकाले विदेश गएर विभिन्न देशमा अलपत्र परेका र फसेका नेपाली कामदारको समाचार भिडियोमार्फत टेलिभिजनमा प्रतक्ष प्रशारण गरेर रविले चर्चा कमाएका थिए । त्योसँगै नेपालमा हुने गरेका विभिन्न भ्रष्टाचार र अनियमितताको समाचार पनि प्रशारण गरे ।

राजनीतिक दलका नेताहरुविरुद्ध खरो रुपमा उत्रिएर पत्रकारिताको माध्यमबाट कमाउधन्दा पनि सुरु गरे । रविको पत्रकारिताले नेपाली जनताको मन जितेको छनक पाएपछि एकाएक राजनीतिमा छिरे । नछिरुन् पनि किन रविलाई थाहा थियो कि राजनीतिमा नलागे आफ्नो कालाकर्तुत पदाफास हुने छ । रविले नेपाली नागरिकता त्यागेर अमेरिकन नागरिक भएका थिए । त्यसलाई ढाकछोप गर्नको लागि पनि उनी राजनीतिमा आएका थिए । राजनीतिमा आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरी आफू सभापति बने । रविसहित उनको पार्टीले २० सिटमा जित हासिल ग¥यो ।

एमाले र माओवादीको गठबन्धन सरकारमा रवि गृहमन्त्री बने । गृहमन्त्री बनेको केही दिनमै रविले नेपाली नागरिकता त्यागेको र अमेरिकी र नेपाली दोहोरो पासपोर्ट भएको विषय सञ्चारमाध्यममा आएपछि उनी विवादमा तानिए । त्यहीं विषयलाई लिएर रविले गृहमन्त्री र सांसद पदबाट हात धुनुपरेको थियो । त्यसपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिए । फेरि उनी चितवनको उपनिर्वाचनमा लड्न पुगे । त्यहाँबाट चुनाव जितेर फेरि पाँदलीय नयाँ गठबन्धन सरकारको गृहमन्त्री बनेका छन् । रवि गृहमन्त्री बनिरहँदा सहकारी गठी गर्नेहरुलाई कसरी कारबाही गर्छन् ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेग बैंकले ठमेलको सरकारी जग्गा कब्जा गरेर छायाँ सेन्टर निर्माण गरेको छ । त्यसलाई कसरी कारबाही गर्छन् । त्यसैगरी भूमाफियाहरुले सरकारी जग्गा कब्जा गरेर विक्रीवितरण गरिरहेका छन् त्यसलाई कसरी नियन्त्रण गर्छन् । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएर फराए रहेका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सक्छन् कि सक्दैनन् । एयरपोर्टबाट हुने सुन तस्करीलाई कसरी नियन्त्रण गर्छन् । उता, म्यानपावर कम्पनी, अध्यागमन कार्यालय र श्रम डेक्सका कर्मचारीले मिलेमतो गरी भिजिट भिसामा विदेश पठाउनेहरुलाई कसरी रोकथाम गर्न सक्छन् । उनी आफै सहकारी ठगी गरेको काण्डमा मुछिएर विवादित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *