किन रमाउँछ माओवादीमा मान्छे ?

राजनीति समाचार

काठमाडौं । माओवादीले अरुलाई पाठ सिकाउँछ । गणतन्त्र संघीयता र समावेशिता भन्छ । तर फल खाने प्रचण्ड परिवार फाइदा लिने । पार्टीमा प्रचण्ड र उनका दलाल भन्दा बाहिरका कार्यकर्ताले ठाउँ नै पाउँदैन ।

इलाम २ को उपचुनावमा माओवादी त्यागेर संचारकर्मी मिलन लिम्बु रास्वपाबाट उम्मेद्वार भए, माओवादीमा बसेर स्वार्थ पूरा गर्नेलाई शैक्षिक योग्यता चाहिएन । लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक बनाइयो । सर्वाेच्च अदालतले पुनको जागिर खोस्यो । नेपाली राजनीतिको धुर्त खेलाडी प्रधानमन्त्री प्रचण्डलाई हिनताबोध छैन ।

राष्ट्रियता देखाउन नसक्ने जनजातिको नाममा देशको संस्कृति सभ्यतामाथि प्रहार गर्ने सांसद सुरेश आलेहरु त्रिविमा मगर थरले उपकुलपति पाउँदा उफ्रिएको देख्दा माओवादीको धरातल कति छ त्यसको खोजी गर्नै परेन ।

कांग्रेस र एमाले राष्ट्रिय बजेटमाथि हालीमुहाली गर्छन । ठेकेदार मिलाउँछन् । ४ करोडको काम ६ करोड पु¥याउँछन् । तर माओवादीहरु राजस्व मारेर सुन तस्करी गर्ने गर्छन । माओवादीले १० वर्ष हतियार उठाएको यही हो । जहाँ भौतिक पूर्वाधारको क्षेत्रमा काम सम्पन्न गरेका ठेकेदारले ६० अर्ब भुक्तानी पाएका छैनन् । कांग्रेसले कमिशन नमिल्दा पटक पटक वचन तोडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *