काठमाडौं । काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहर बनेको छ ।
वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहर बनेको हो। अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २५० रहेको छ।
जसलाई खतरनाक अवस्था मानिन्छ। बुधबार नेपालको एक्यूआई ३७५ देखाएको थियो। विश्वका प्रदूषित शहरमध्ये पहिलो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई ३०९ रहेको छ। मौसमविद्का अनुसार शुक्रबारदेखि वायुको वेग अधिक भएकाले बिहीबारको तुलनामा काठमाडौंमा सुधार देखिएको छ। हाल काठमाडौं उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको मौसमविद्को भनाइ छ।