पत्रकार र वकिललाई गृहमन्त्रालय छिर्न बन्देज

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रालय सम्हालेको एक महिनाभन्दा बढी भइसकेको छ । गृहमन्त्री रविले आफू सञ्चारकर्मी हुँदा जति प्रेस स्वतन्त्रता, सुशासन र नागरिकको वाक स्वतन्त्रताको बारेमा वकालत गरेका थिए । अहिले आफू गृहमन्त्री भएपछि त्यसको ठीक उल्टो काम गर्न थालेका छन् ।

गृहमन्त्री रविले यतिबेला गृहमन्त्रालयमा पत्रकार र वकिललाई छिर्न नदिने उर्दी लगाएका छन् । पत्रकारहरु कामविषेशले गृहमन्त्रालय जाँदा के कामको लागि आउनुभयो, भित्र छिर्न पाइँदैन भनेर गेटमै प्रहरीले रोक्ने काम गरेका छन् । पत्रकार र वकिललाई गृह मन्त्रालय छिर्न बञ्चित गरिएको छ भने अन्य सर्वसाधारणले कसरी न्याय पाउँछन् ? गृहमन्त्रालयसँगै सर्वोच्च अदालतभित्र छिर्न पनि पत्रकारहरुलाई बञ्चित गरिएको छ । गृहमन्त्री रवि आफै भ्रष्टाचार, अनियमितता र सरकारी ठगी काण्डमा मुछिएका समाचार दिनप्रतिदिन सञ्चारमाध्यममा आइरहेका छन् ।

त्यही रिसले गर्दा होला गृहमन्त्री रविले पत्रकारहरुलाई मन्त्रालय छिर्न बन्देज लगाएका । उता गृहमन्त्री रविले नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएर फरार रहेका बेतन झालाई पक्राउ गर्न सकेका छैनन् । त्यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा र सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राईलाई पनि पक्राउ गर्न सकेका छैनन् । फरार बेतन झा निर्माण व्यवसायी पनि हुन् । नक्कली भुटानी सरणार्थी काण्डमा दोषी ठहरिएका व्यक्तिहरुलाई पक्राउ गर्न नसक्नु भनेको गृहमन्त्री आफू पनि सहकारी ठगी र दोहोरो नागरिकता र पासपोर्ट काण्डमा मुछिएको कारण हुन सक्छ । छानविनबाट दोषी ठरिएर फरार भएका व्यक्तिलाई पक्राउ गर्न सकेका छैनन् भने अन्य भ्रष्टाचारका फाइल कसरी अगाडि बढाउन सक्छन् ।

अहिले नेपाल इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गुठीको जग्गा कब्जा गरेर छायाँसेन्टर निर्माण गरेको समाचार विभिन्न सञ्चारमाध्यममा आइरहँदा पनि छानविन गरी कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । अन्य भ्रष्टाचार र अनियमितताको मुद्दा कसरी अगाडि बढाउँछन् त्यो प्रतिक्षाको विषय बनेको छ । हुन त प्रधानमन्त्री प्रचण्ड र प्रहरीका आइजीपी वसन्त कुँवरले गृहमन्त्री रवि सहकारी ठगीमा दोषी छैनन् भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । प्रधानमन्त्री र आइजीपीले गृहमन्त्रीको बचाउ गरेर बोल्नु भनेको सरकार टिकाउने दाउ बन्दैछन् केही बुद्धिजीवीहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *