पैसाको अभावले सडक विभागको महानिर्देशकमा खडेरी

राजनीति समाचार

काठमाडौं । नयाँ गठबन्धनबाट उपप्रधानसहित भौतिक पूर्वाधर तथा यातयात मन्त्री बनेका रघुवीर महासेठले सचिव सरुवा गरेसँगै केहि कर्मचारीहरुको सरुवा गर्न लागेको बुझिएको छ । मन्त्री महासेठले सरुवा गर्नलाई विभिन्न व्यक्तिहरुसँग सल्लाह सुझाव लिँदैछन् । तर, अहिले सरुवाको सिजन होइन । सरुवा गर्ने समय भदौ असोजतिर हो । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा तीन ग्रुप खडा भएका छन् । एउटा ठेकेदार ग्रुप हावी भएको छ । अर्काेतिर सरुवा गर्ने भनेपछि कर्मचारीले कामै गर्न छाडेका छन् । त्यसले गर्दा भौतिक मन्त्रालयमा कर्मचारी सरुवामा लफाडा पर्ने देखिन्छ । भौतिक निर्माणको काम पनि लथालिङ्ग हुदैछ । एकातिर बजेटको अभाव, अर्काेतिर सरकार परिवर्तनको कारणले सडक निर्माणका कामहरु अलपत्र परिरहेका छन् ।

मन्त्रीको सचिवालयमा कार्यकर्ताको त्यतिकै भीड छ । ठुला ठुला आयोजनाहरुमा बजेट नभएर काम रोकिएका छन् । भौतिक मन्त्री फेरिएसँगै कतिपय कर्मचारीहरु ठुला आयोजना र योजनाहरुमा सरुवा हुन पाए हुन्थ्यो भनेर मन्त्री र सचिवको चाकडी गर्न शुरु गरेका छन् । तर त्यो सम्भव भने छिटै हुने अवस्था देखिँदैन । विगतका काल खण्डहरुमा सरकार फेरिएसँगै सडक विभागको महानिर्देशक बन्नको लागि होडबाजी नै चल्ने गर्दथियो । बजेट अभाव भएपछि काम हुन नसकेको र आम्दानी पनि नहुने भएपछि सडक विभागको महानिर्देशक बन्नलाई डीई र सुईहरुले इच्छा देखाएका छैनन् ।

किन कि पहिला सडक विभागको महानिर्देशक बन्नको लागि कम्तीमा ३ देखि ५ करोड खर्च गर्ने गरेका थिए । तत्कालीन भोतिकर पूर्वाधार तथा यातयात मन्त्री प्रकाश ज्वालाले समेत महानिर्देश परिवर्तत गर्न खोज्दा पनि धेरै पैसा खर्च गर्नुपर्ने भएपछि सडक विभागको महानिर्देशक कुनै तयार भएनन् । त्यस अगाडिका भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले महानिर्देशक बनाएका सुशिलबाबु ढकाललाई यथावत राखेका थिए । हालका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री महासेठले सडक विभागको महानिर्देशक परिवर्तन गर्ने अभ्यास गरे तापनि कुनै पनि डिइहरुले ठूलो रकम खर्च गर्नुपर्ने भएपछि इच्छा देखाएका छैनन् । पहिला ठेकेदारहरुले आफ्नो फाइदाको लागि पैसा खर्च गरेर सचिव र महानिर्देशक बनाउन खेलोफड्को गर्ने गरेका थिए । तर यसपाली ठेकेदारुले त्यो पहल गरेको पाइँदैन ।

सडक विभागको महानिर्देशक बन्नलाई केही कर्मचारी इच्छा प्रकट गरे तापनि पैसा खर्च गरेर नबन्ने मुडमा छन् । मन्त्री सफल हुनको लागि कर्मचारीलाई राम्रो व्यवहार गर्नुपर्ने हुन्छ । तर, ‘बेलान कुबेला बजिमयको मेला’ भनेजस्तै अहिले आएर भौतिक मन्त्रालयअन्तर्गतका सडक डिभिजन, क्षेत्रीय डिभिजनका प्रमुखहरु, आयोजना र योजना प्रमुखहरु सरुवा गर्न उचित देखिँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *