स्थानीयद्वारा ग्वारखोला पुल निर्माण,१५ किलोमिटर सडक नहुँदा आवतजावतमा निकै समस्या

लुम्बिनी प्रदेश विविध समाचार

काठमाडौं । दाङ–रोल्पा सडकखण्डअन्तर्गत बिजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल निर्माणको काम स्थानीय आफैँले गरिरहेका छन् ।

२०७० सालमा सडकको ट्रयाक खोलिएको भएपनि १२ वर्षसम्ममा पनि पुल नबनेपछि स्थानीय सबैले श्रमदान गरेर मोटरसाइकल हिँड्ने गरी पुल निर्माण शुरु गरेका हुन् ।
ग्वारखोलामा मोटरेबल पुल नहुँदा वर्षामा आवतजावतमा निकै समस्या पर्ने गर्छ भने बर्सेनि मानिस पनि बगाउने गर्छ । पुल निर्माणका लागि मात्र चालु वर्षमा एक करोड ३० लाख बजेट परेको थियो । तर, त्यो बजेट अन्तै गएकोले काम हुन सकेन । अहिले पनि बजेट त छुट्याइयो तर, अन्तै गएको स्थानीयहरुले गुनासो गरेका छन् ।

बिजौरीबाट होलरीसम्म २९ किलोमिटर छ । त्यसमध्ये होलेरी क्षेत्रमा पाँच किलोमिटर र बिजौरी क्षेत्रमा नौ किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ भने बाँकी १५ किलोमिटर सडक स्तरवृद्धि हुन नसक्दा आवतजावतमा निकै समस्या हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *