ज्ञानेन्द्र र राजेन्द्रलाई ओलीको झापड

राजनीति समाचार

काठमाडौं । राजाबाट नागरिक बनेका ज्ञानेन्द्र शाह २३४ वर्षे राजतन्त्रको परम्परागत संस्थागत च्युत भएको १५ वर्ष पछि आफ्नो राजा स्थानको खोजीमा छन् । ज्ञानेन्द्रको नाम भजाएर राजसंस्था र हिन्दुत्वको अडान लिन नसके पनि चुनाव खर्च पाएका राप्रपा नेपालका कमल थापाले आफ्नो गुमेको विश्वास सच्याउन कोसिस गर्दैछन् । तर एमालेका अध्यक्ष केपी ओलीकै कारण संसदमा पाँचै दल बनेको राप्रपा हिन्दुत्व र राजतन्त्रको वकालत गर्दै सडकमा आएको छ ।

राप्रपाको सडक यात्रा केपी ओलीलाई मन परेको छैन । २०६२÷६३ को आन्दोलनमा एक दिन सडकमा नआएका केपी ओली बयल गाडा चढेर अमेरिका नपुगिने कुरा बताउँदा पार्टी नेतृत्व गरेका माधव नेपाल छक्क परेका थिए । पार्टीमा गुटको नेता ओली मात्र होइनन्, उनको टोली मदन भण्डारी फाउण्डेशनकाक नाममा रमाउँथ्यो । जब संसद स्थापना भयो फल खान आएका केपीले ०७९ मा राप्रपालाई बोकेरर संसदमा बलियो शक्तिका रुपमा स्थापित गराएका हुन् । त्यो फल अहिले फलेको छ ।

ण्७४ को चुनावी परिणमले केपीलाई राजा बनायो । ओलीले शासन चलाए । पार्टी फुटाए, संसद दुईपटक भंग गराए । संसद संविधान गणतन्त्र र संघीयताको रक्षाका लागि माओवादी कांग्रेस मधेशवादी एक ठाउँमा आउँदा ओलीले पेलेका माधव, झलनाथ पनि जोडिए । एमाले एक्लो भयो । राप्रपाको साथमा एमालेले चुनावको गठबन्धन बनायो । सात हण्टर खाएपछि अहिले एमाले वामपन्थी मोर्चामा जुटेको छ । यही बेला पूर्व राजा ज्ञानेन्द्र शाह मठ मन्दिर धाउने लोकतन्त्रवादीहरुको आफै राजा बन्ने होडका कारण जनता आक्रोशित भएको मौका छोपेर राप्रपाले सडकमा संविधान विपरीत आन्दोलन गर्न थालेको छ ।

व्यवस्था बद्लिएर अवस्था नबदलिएको मौका छोपेर राप्रपाले राजतन्त्रको पुनस्र्थापना गर्ने आन्दोलन भन्दै जनतामा भ्रम फैलाएको छ । यही भ्रमविरुद्ध एमाले अध्यक्ष केपी ओलीले राप्रपा र पूर्व राजा ज्ञानेन्द्रलाई संविधानले दिएको अधिकार बाहेक अनावश्यक चुमचुम नगर्न चेतावनी दिएका छन् । ओलीको यो चेतावनी दमदार छ । गल्ती जसले गर्छ सच्याउने र सच्चिने पनि उसैले हो । केपी ओलीले राप्रपालार्य जसरी संसदमा पाँचै शक्ति बनाएका हुन् । अहिले उनैलाई राप्रपाले गन्न चाडेको छ ।

एमालेको बहुदलीय जनवाद देशमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा जरुरी थियो । तर लोकतान्त्रिक गणतन्त्रमा पनि एमाले ०६२÷६३ अगावैको अवस्थामा छ । पूर्व राजाले सर्वदलीय सहमति यो बेला खोजी गरेका छन्, जुनबेला कांग्रेस एक्लै छ भने वामपन्थीहरु मोर्चा बनाएर शासन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *